अवसरवादीहरु परिस्थितिको दास बन्दै रङ्ग बदल्छन् : डा. भट्टराई
सोमबार, २९ जेठ २०८०, ११ : ०९
३

काठमाडौँ । नेपाल समाजवादी पार्टीका अध्यक्ष डा. बाबुराम भट्टराईले यथास्थितिवादी तथा अवसरवादी शक्तिहरू समय वा परिस्थितिको दास बन्दै त्यसै अनुरूप रङ्ग बदल्ने र भीडको पछि दौडने बताएका छन् । विश्व र नेपाली इतिहासले यतिबेला सबैको परीक्षा लिइरहेको बताउँदै विवेकको प्रयोग गरेर आ–आफ्नो कित्ता स्पष्ट पार्नुपर्ने बताएका हुन् ।
अध्यक्ष भट्टराईले सामाजिक सञ्जालमा लेखेका छन्, ‘जिउँदो माछा पानीको धार/छाल विरुद्ध पौडिन्छ! मरेको माछा धार/ छालसँगै बग्छ ! परिवर्तनकारी/अग्रगामी शक्ति र व्यक्तिहरू समय वा इतिहासको प्रतिक्रान्तिकारी/कट्टरपन्थी धार/छाल विरुद्ध उभिन्छन्,लड्छन्; समाजलाई अग्रगामी बाटो देखाउँछन् ! युगीन सङ्कट र सम्भावनाको दोसाँधमा उभिएको वर्तमान विश्व र नेपाली इतिहासले यतिबेला सबैको परीक्षा लिँदैछ! विवेकको प्रयोग गरौँ; आ–आफ्नो कित्ता रोजौँ !’
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
३ प्रतिक्रिया
भर्खरै
-
गैडाकोटको जुक्तिखोलामा पौडी खेल्ने क्रममा दुई किशोरको मृत्यु
-
समयमै काम नसकिएपछि थपियो फ्लडलाइट सहितको रङ्गशाला बनाउन दुई महिना
-
बागमती प्रदेशमा वैशाख २४ गते सार्वजनिक विदा
-
एनओसी नलिइ अध्ययनका लागि भारत जाने विद्यार्थीको यकिन तथ्याङ्क छैन : शिक्षामन्त्री
-
व्यवस्थाविरूद्ध हुने गतिविधिको प्रतिवाद गर्ने सरकारको नीतिप्रति राप्रपाको आपत्ति
-
चीनको खिलाफमा नेपालको भूमि प्रयोग गर्न दिनुहुँदैन : सभापति देउवा