सुरक्षा कारबाहीमा दुई जना आतङ्ककारी मारिए
मङ्गलबार, ३० जेठ २०८०, २० : ५६
कुपवाडा । भारत अधिनस्थ जम्मुकश्मीरको पाकिस्तान नियन्त्रित सीमा क्षेत्र कुपवाडा जिल्लामा भारतीय सेना र जम्मूकश्मीर प्रहरीले गरेको संयुक्त कारबाहीमा दुई जना आतङ्ककारी मारिएका छन् ।
कुपवाडा जिल्लाको डोबनार माछाल क्षेत्र (नियन्त्रण रेखा) मा सेना र कुपवाडा प्रहरी सम्मिलितट टोलीले गरेको सुरक्षा कारबाहीमा ती आतङ्ककारी मारिएका कश्मिर प्रहरीले जनाएको छ । उक्त क्षेत्रमा अन्य सन्दिग्धको खोजी भइरहेको छ ।
प्रहरीका अनुसार लश्कर–ए–तैवा (एलईटी) का एक जना आतङ्ककारीका सहयोगीलाई पक्राउ गरिएको छ । बान्दीपोरा प्रहरीले राष्ट्रिय राइफल्स (आरआर) र केन्द्रीय रिजर्व प्रहरी बल (सीआरपीएफ) सँग मिलेर गरेको संयुक्त खोज अभियानमा आतङ्ककारीलाई नियन्त्रणमा लिइएको हो । निजबाट दुईवटा चिनियाँ ह्यान्ड ग्रिनेड बरामद गरिएको छ ।-(रासस /एनआई)
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मन्त्री फेर्ने विषयमा छलफल गर्न कांग्रेस सुदूरपश्चिम संसदीय दलको बैठक जारी
-
सङ्खुवासभामा विपन्न वर्गका १५ जनाको निःशुल्क शल्यक्रिया
-
बाँकेमा हुलाकी सडक विस्तार हुँदै
-
स्पा सेन्टरमा बालिकालाई जबरजस्ती अनैतिक कार्यमा लगाउने सञ्चालिका पक्राउ
-
सिराहामा विद्यार्थीको मोबाइल नष्ट गरिएको घटना कानुनी कि गैरकानुनी ?
-
अभिनेत्री मधुको खुलासा : सुटिङ सेटमा रिस उठेपछि नाना पाटेकरलाई सचिक्कै थप्पड हिर्काएँ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण