कविता
तीतो यथार्थ
शनिबार, ०९ असार २०८०, १३ : ४३
यथार्थ हुन्छ, सधैँ तीतो
तर पनि
जिउनु पर्छ यथार्थमै
सुख होस या दुःख
हाँसो होस् या आँसु
मिलन होस् या बिछोड
तीतो होस् या मीठो
हुन्छ यथार्थ त वास्तविक नै
हुन्छ झुटो कुरा अनि खबरले
एक छिन खुसी भए पनि
वास्तविकता त थाहा भइहाल्छ
एक न एक दिन त
त्यसपछि त दुःखी हुनु पर्छ नै
यसर्थ,
बरु दुःखको कुरो
जति कठोर भए पनि
दुःखको कुरोले
जति दुःखी बनाए पनि
आखिर जिउनु पर्छ यथार्थमै
त्यसैले भन्छन्,
यथार्थ हुन्छ सधैँ तीतो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मनसुन अवधिभर विशेष सावधानी अपनाउन प्राधिकरणको आग्रह
-
‘ग्रे लिस्ट’बाट हटाउन सबैको संयुक्त प्रयास आवश्यकः महालेखापरीक्षक राया
-
खैरो हेरोइनसहित दुई महिला पक्राउ
-
बिल बिजक नराख्नेलाई विभागको जरिवाना
-
१२ बजे १२ समाचार: बालेन सरकारको कूटनीतिमाथि विपक्षीको प्रश्न, कोशीमा मुख्यमन्त्री बन्न दौडधुप
-
इरानमाथि पुनः नाकाबन्दी लागू गरेयता ९ जहाजको मार्ग परिवर्तन गराइएको अमेरिकी सेनाको दाबी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण