साफ च्याम्पियनसिप फुटबलमा कुवेत विजयी

काठमाडौँ । भारतमा जारी १४औँ संस्करणको साफ च्याम्पियनसिप फुटबल प्रतियोगिताअन्तर्गत आज भएको पहिलो खेलमा आमन्त्रित टोली कुवेतले पाकिस्तानलाई पराजित गरेको छ । भारतको बैङ्गलोरस्थित कान्तिरभा रङ्गशालामा आज भएको खेलमा कुवेतले पाकिस्तानलाई ४–० गोल अन्तरले पराजित गरेको हो ।
कुवेतको जीतमा मुबारक फानिनीले दुई गोल र सुल्तान इनिजी र इद राशिदीले समान एकरएक गोल गरे । खेलको १० औँँ मिनेटमा इनिजीले गोल गर्दै कुवेतलाई सुरुआती अग्रता दिलाएका थिए । त्यस्तै खेलको १७ औँ मिनेटमा फानिनीले गोल गर्दै कुवेतको अग्रता दोब्बर बनाए । खेलको पहिलो हाफको अतिरिक्त समयमा फानिनीले व्यक्तिगत दोस्रो गोल गरे भने ९ औँ मिनेटमा राशिदीले गोल गरेका थिए ।
जीतसँगै समूह ‘ए’ मा रहेको कुवेतले दुई खेलमा ६ अङ्क जोडेको छ । पहिलो खेलमा कुवेतले नेपाललाई ३(१ गोलअन्तरले पराजित गरेको थियो । पाकिस्तान भारतसँग पराजित भएको थियो । साफ च्याम्पियनसिपको अर्को खेलमा अहिले नेपाल र भारत प्रतिस्पर्धा गरिरहेका छन् । जसमा पहिलो हाफ गोलरहित बराबरीमा टुंगिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सशस्त्र प्रहरीले मधेस प्रदेशमा ‘डिजाष्टर भोलेन्टिर’ तयार पार्दै
-
विद्या भण्डारीलाई चीनले दिएको ‘उच्च’ सम्मानले एमाले उत्साहित
-
कोशी प्रदेशलाई दिने अनुदान रकम निरन्तर घट्दो
-
२७ विधामा बाँडियो नेपाल म्युजिक एन्ड फेसन अवार्ड
-
आयोजना निर्माणमा ढिलासुस्ती गर्नेलाई उन्मुक्ति दिँदैनौँ : खानेपानीमन्त्री
-
१० बजे १० समाचार : ओली र देउवासामु प्रचण्डको अडानदेखि पूर्वमुख्यमन्त्रीविरुद्ध भ्रष्टाचार मुद्दासम्म