तोकिएको समयभित्रै ९४ प्रतिशत गाउँपालिकाले बजेट ल्याए : गाउँपालिका राष्ट्रिय महासंघ
काठमाडौँ । ७५३ वटा स्थानीय तहमध्ये गाउँपालिकातर्फ ४३१ वटा पालिकाले तोकिएको समयमा नै बजेट ल्याएको गाउँपालिका राष्ट्रिय महासंघ नेपालले जनाएको छ । सोमबार एक प्रेस विज्ञप्ति जारी गर्दै महासंघले कूल ४६० गाउँपालिका मध्ये ४३१ वटा पालिकाले असार १० गतेभित्र नै आगामी आर्थिक वर्ष २०८०–८१ को बजेट ल्याएको र २९ वटा पालिकाहरु मात्र बाँकी रहेको जनाएको हो । महासंघका अनुसार गाउँपालिकातर्फ ९४ प्रतिशतले तोकिएकै समयमा बजेट ल्याएका छन् ।
स्थानीय सरकारमा दोश्रो कार्यकालका जनप्रतिनिधिहरुले दोस्रो नीति तथा कार्यक्रम र बजेट ल्याएका हुन् । देशैभरबाट उत्साहजनक रुपमा सभामा बजेट पेश भएको जनाउँदै गाउँपालिका राष्ट्रिय महासंघले बजेट पेश गर्न नसकेका गाउँपालिकाहरुमा भने अध्यक्ष अस्वस्थ भै कार्यक्षेत्र बाहिर रहनु, प्रमुख प्रशासकीय अधिकृतको अनुपस्थिति, जनप्रतिनिधिबीच आपसी द्वन्द्व, बजेट विनियोजनमा विवाद तथा तयारी गर्न समय नपुगेको लगायतका कारण रहेको पाइएको जनाएको छ ।
सँगै समयमै बजेट पेश गर्न नसकेका गाउँपालिकाहरुले केही दिनमा नै सभा शुरु गर्ने जानकारी प्राप्त भएको समेत महासंघले जानकारी दिएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
शुक्रबार यी राशिहरूको लागि शुभ, हेर्नुहोस् राशिफल
-
रामग्राममा सांस्कृतिक भवन निर्माण अन्तिम चरणमा
-
नेपालगन्ज भन्सार: दश महिनामा लक्ष्यको ६८ प्रतिशत राजस्व सङ्कलन
-
प्रथम मेयर कप फुटबल प्रतियोगिताको उपाधि सुर्खेतलाई
-
विदेश पठाउने नाममा २९ लाख ठगी गर्ने दुई जना पक्राउ
-
सचिव पुष्कर नियन्त्रण प्रकरण: प्रहरीले थमाएको थियो जरुरी पक्राउ पुर्जी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण