शुक्रबार, २२ जेठ २०८३
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट
सरुवा

सशस्त्रका ७ डिआइजीको सरुवा, ७ जनाको पदस्थापन

शुक्रबार, २२ जेठ २०८३, ०० : १३
शुक्रबार, २२ जेठ २०८३

सारांश

  • प्रधानमन्त्री एवम् गृहमन्त्री बालेन्द्र शाहले सशस्त्र प्रहरीका ७ जना डिआइजीहरूको सरुवा र बढुवा भएका ७ जनाको पदस्थापन गरेका छन् ।
  • डिआइजी सुरेश कुमार श्रेष्ठलाई सशस्त्र प्रहरी प्रधान कार्यालय स्थित सीमा सुरक्षा विभागमा सरुवा गरिएको छ ।
  • वैशाख २५ मा बढुवा भएका ७ जना डीआईजीहरुलाई विभिन्न बाहिनी र विभागमा पदस्थापन गरिएको छ ।

काठमाडौँ । प्रधानमन्त्री एवम् गृहमन्त्री बालेन्द्र शाहले सशस्त्र प्रहरीका ७ जना डिआइजीहरूको सरुवा र बढुवा भएका ७ जनाको पदस्थापन गरेका छन् । 

काठमाडौँ उपत्यका स्थित नम्बर–९ पशुपतिनाथ बाहिनीका डिआइजी सुरेश कुमार श्रेष्ठलाई सशस्त्र प्रहरी प्रधान कार्यालय स्थित सीमा सुरक्षा विभागमा सरुवा गरिएको छ । दीपेन्द्र शाहलाई ईन्टेलिजेन्स ब्यूरो, दिपक अधिकारीलाई नम्बर–५ बिन्ध्याबासिनी बाहिनी, कृष्ण ढकाललाई प्रधान कार्यालय स्थित कार्य विभाग, दिपेन्द्र कुँवरलाई मानवश्रोत विभाग, विष्णु प्रसाद भट्टलाई नम्बर–२ छिन्नमस्ता बाहिनी र कृष्णराज पाठकलाई नम्बर–६ महेश्वरी बाहिनी मुख्यालय सुर्खेतमा सरुवा गरिएको छ । 

वैशाख २५ मा बढुवा भएका ७ जना डीआईजीहरुलाई पदस्थापन गरिएको छ । दिग बिजय सुवेदीलाई दिग बिजय सुवेदीलाई नम्बर–७ बैद्यनाथ बाहिनी मुख्यालय,  किरण बस्नेतलाई नम्बर–३ गढीमाई बाहिनी मुख्यालय, माधव प्रसाद पौडेललाई नम्बर–९ पशुपतिनाथ बाहिनी मुख्यालय र प्रविण कँडेललाई नम्बर–४ मुक्तिनाथ बाहिनी मुख्यालयमा पदस्थापन गरिएको छ । 

 राजेश उप्रेतीलाई एपिएफ कमाण्ड तथा स्टाफ कलेज र  नेत्र बहादुर कार्कीलाई आईजी सचिवालयमा पदस्थापन गरिएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप