१२ बजे १२ समाचार: यस्ता छन् आजका प्रमुख समाचार
सारांश
- राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई भारतले उच्च महत्त्व दिएको छ ।
- स्मार्ट ड्राइभिङ लाइसेन्सको छपाइ कार्य अन्तिम चरणमा पुगेको छ ।
- क्यान्सर उपचारमा प्रयोग हुने कार्बोप्लाटिन र सिस्प्लाटिन औषधिको बजारमा चरम अभाव भएको छ ।
काठमाडौँ । आज दिनभर भएका मुख्यमुख्य घटनाक्रमसहित रातोपाटीको रात्रिकालीन प्रस्तुती ‘रातोपाटी ब्रिफिङ’मा १२ बजे १२ समाचार लिएर हाजिर भएका छौँ ।
१. रविको भारत भ्रमण
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेलाई भारतले उच्च महत्त्व दिएको विषयलाई कूटनीतिक क्षेत्रमा अर्थपूर्ण रूपमा हेरिएको छ ।
भारतको सत्तारुढ दल भारतीय जनता पार्टी (भाजपा)का अध्यक्ष नितिन नवीनको निमन्त्रणमा जेठ १८ गते नयाँदिल्ली पुगेको रवि नेतृत्वको प्रतिनिधिमण्डललाई त्यहाँका प्रधानमन्त्री नरेन्द्र मोदी, गृहमन्त्री अमित शाह, विदेशमन्त्री डा। एस। जयशंकर लगायत उच्चस्तरीय पदाधिकारीले भेटवार्ता गरेका थिए ।
२. लाइसेन्सको सवाल
लामो समयदेखि स्मार्ट ड्राइभिङ लाइसेन्सको प्रतीक्षामा रहेका लाखौँ सेवाग्राहीका लागि सुखद खबर छ । स्मार्ट कार्डको चरम अभाव र छपाइमा देखिएको सुस्तता चिर्दै यातायात व्यवस्था विभाग र सुरक्षण मुद्रण केन्द्रले छपाइ कार्यलाई अन्तिम चरणमा पुर्याएका छन् । सुरक्षण मुद्रण केन्द्रका अनुसार हालसम्म १५ लाख ७० हजार प्रति स्मार्ट लाइसेन्स छाप्ने काम सम्पन्न भइसकेको छ ।
केन्द्रले विभागसँग गरेको सम्झौताअनुसार पहिलो चरणमा १२ लाख र दोस्रो चरणमा १७ लाख कार्ड छाप्ने जिम्मेवारी पाएको थियो । जसमध्ये अब निकै कम संख्यामा मात्र लाइसेन्स छाप्न बाँकी रहेको केन्द्रका उपसचिव गोपाल राज तिमिल्सिनाले जानकारी दिए ।
३. टिकटर अधिकारी जेलमा
ललितपुर जिल्ला अदालतले टिकटकर तुलसा अधिकारी भनेर चिनिने तुलसी अधिकारीलाई पुर्पक्षका लागि थुनामा पठाउने आदेश भएको छ।
बिहीबार ललितपुर जिल्ला अदालतका न्यायाधीश टेकनाथ गौतमको इजलासले प्राप्त प्रमाणका आधारमा अधिकारीलाई पुर्पक्षका लागि थुनामा पठाउने आदेश जारी गरेको हो।
४. एमालेको ठहर
नेताहरूमा बढ्दो विलासी र भड्किलो जीवनशैली तथा असल आचरण र व्यवहारको कमीले जनतासँग पार्टीको सम्बन्ध टाढिएको एमालेले ठहर गरेको छ ।
संगठन विभागले काठमाडौंमा आयोजना गरेको दुई दिने ‘पार्टी सदस्यता नवीकरण र विस्तार उत्प्रेरणा राष्ट्रिय कार्यशाला’ मा समूहगत छलफलपछि नेताहरूले यस्तो निष्कर्ष सुनाएका हुन् । गत फागुन २१ मा सम्पन्न संसदीय निर्वाचनमा लज्जास्पद हार बेहोरेपछि नेकपा एमालेले पार्टीलाई प्रभावकारी बनाउने उदेश्य पहिल्याउन दुई दिने कार्यशाला आयोजना गरेको हो ।
५. क्यान्सरका बिरामीलाई सकस
क्यान्सर उपचारका क्रममा किमोथेरापीमा प्रयोग हुने ‘कार्बोप्लाटिन’ र ‘सिस्प्लाटिन’ औषधिको बजारमा चरम अभाव भएको छ । मुख्यतयास् भारत र बंगलादेशबाट आयात हुने यी औषधिहरूको बजारमा अभाव भएको हो । बर्सेनि २४ हजार भाइल खपत हुने यो औषधि अहिले स्टकमै नभएको औषधि आयातकर्ताहरू बताउँछन् ।
६. परराष्ट्रमन्त्रीको भारत भ्रमण
परराष्ट्रमन्त्री शिशिर खनाल भारतीय विदेशमन्त्री डा. एस. जयशङ्करको सौहार्दपूर्ण निमन्त्रणामा जेठ २२ देखि २४ गतेसम्म भारतको औपचारिक भ्रमणमा जाने भएका छन् ।
नेपाल र भारतबिच नियमित रूपमा हुने उच्चस्तरीय भ्रमण आदानप्रदानको सिलसिला अन्तर्गत हुन लागेको यस भ्रमणले दुई देशबिचको ऐतिहासिक र बहुआयामिक द्विपक्षीय सम्बन्धलाई थप मजबुत बनाउने विश्वास लिइएको छ ।
७. कांग्रेसको क्रियाशील सदस्यता अद्यावधिक
नेपाली कांग्रेसमा अहिलेसम्म ३ लाख ७५ हजार क्रियाशील सदस्यले मात्रै आफ्नो सदस्यता अद्यावधिक गरेका छन् । महामन्त्री प्रदीप पौडेल नेतृत्वको क्रियाशील सदस्यता व्यवस्थापन समितिले क्रियाशील सदस्यता नवीकरण गरेका सदस्यलाई ‘डिजिटल्ली अद्यावधिक’ गर्ने समय दिएको छ ।
यो समाचार तयार पार्दासम्म ३ लाख ७५ हजारले सदस्यता अद्यावधिक गरेको सदस्यता व्यवस्थापन समितिका सदस्य एवं पार्टी सहमहामन्त्री प्रकाश स्नेही रसाइलीले जानकारी दिए । त्यो सङ्ख्या बढेर साँझसम्म ४ लाख पुग्ने अनुमान समितिको रहेको रसाइलीजे जानकारी दिए ।
८. अर्थमन्त्रीले भनेजस्तै ५० लाखमुनिका ईभी कसरी सस्तिन्छन् ?
बजेट वक्तव्यमा उल्लिखित करको दरबारे सार्वजनिक प्रतिक्रिया दिँदै अर्थमन्त्री स्वर्णिम वाग्लेले ५० लाख रुपैयाँभन्दा कम मूल्य भएका विद्युतीय गाडी (ईभी) को मूल्य घटेको बताएका थिए ।
सोमबार नेपाल आर्थिक पत्रकार संघ (नाफिज)ले आयोजना गरेको पोस्ट–बजेट उनले यस्तो दाबी गरेका थिए । यसबारे विभिन्न टीकाटिप्पणीसमेत भइरहेका छन् । कतिपयले यस्तो सवारी साधनको मूल्य घट्ने नभई बढ्ने दाबीसमेत गरिरहेका छन् ।
९.नयाँ यात्रामा धवल
राष्ट्रिय प्रजातन्त्र पार्टीका महामन्त्री धवलशमशेर राणाले पार्टी परित्यागको औपचारिक घोषणा गरेका छन् । बिहीबार राजधानीमा पत्रकार सम्मेलन गर्दै राणाले अब नयाँ राजनीतिक दल गठन गर्ने घोषणा पनि गरेका छन् ।
पत्रकार सम्मेलनमा उनले राप्रपा नेतृत्वले पार्टीको मूल एजेन्डालाई जोगाउन नसकेको र आन्तरिक लोकतन्त्रलाई उपेक्षा गरेको आरोप लगाउँदै नयाँ बाटो रोज्नुपरेको बताए ।
१०.कैदीलाई होटलमा लगेर रक्सी र मासु
अदालतले कैद सजाय तोकेका कैदीबन्दीलाई निश्चित कैद भुक्तानका लागि कारागारमा राखिन्छ । २४ घण्टा सुरक्षा घेरासहित उनीहरूलाई राज्यले नै भरषपोषणको सुविधा दिएर राखेको हुन्छ, तर केन्द्रीय कारागार सुन्धारामा कैदमा बसेका एक जना कैदी होटलमा भेटिएका छन् ।
केन्द्रीय बन्दी गृहमा ठगी मुद्दामा कैद भुक्तान गरिरहेका अनुप भण्डारी सामाखुसीस्थित होटल दिपसागरमा पुगेका हुन् । जेठ १ मा उनलाई ढाड सम्बन्धी रोगको उपचार गर्न सामाखुसीस्थित विनायक अस्पताल तथा प्रसुति गृह प्रालिमा लैजान कारागार कार्यालयले अनुमति दिएको कागजातबाट देखिन्छ ।
११. सरुवा
१२. सगरमाथामा चमत्कार
विश्वको सर्वोच्च शिखर सगरमाथाको अति खतरनाक मानिने ‘डेथ जोन’ (मृत्यु क्षेत्र) मा बेपत्ता भएका ५२ वर्षीय गाइड दावा शेर्पा सात दिनपछि जीवितै फेला परेका छन्।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रथम मेयर कप फुटबल प्रतियोगिताको उपाधि सुर्खेतलाई
-
विदेश पठाउने नाममा २९ लाख ठगी गर्ने दुई जना पक्राउ
-
सचिव पुष्कर नियन्त्रण प्रकरण: प्रहरीले थमाएको थियो जरुरी पक्राउ पुर्जी
-
सशस्त्रका ७ डिआइजीको सरुवा, ७ जनाको पदस्थापन
-
१२ बजे १२ समाचार: यस्ता छन् आजका प्रमुख समाचार
-
दिल्लीको उच्चस्तरीय भेटघाट सकेर लखनउ पुगे रवि लामिछाने, विमानस्थलमा उत्तर प्रदेशका उपमुख्यमन्त्रीले गरे स्वागत
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण