आइतबार, ०६ जेठ २०८१
ताजा लोकप्रिय

आलोचनापछि कान्तिपुरले युट्युवबाट हटायो ‘ह्वाट द फ्लप’को विवादित शृङ्खला

सोमबार, २५ असार २०८०, २० : ०८
सोमबार, २५ असार २०८०

काठमाडौँ । बलात्कारको विषय मजाक बनाएको भन्दै आलोचना भएको टेलिभिजन कार्यक्रम ‘ह्वाट द फ्लप’ युट्युबबाट हटेको छ । प्रसारण संस्था कान्तिपुर टेलिभिजनले उक्त कन्टेन्ट युट्युवबाट फिर्ता लिएको जनाएको छ । 

‘गत शनिबार प्रसारित ‘ह्वाट द फ्लप’मा छानिएका पात्र र गरिएको संवादबारे जनस्तरबाट प्राप्त प्रतिक्रियालाई कान्तिपुर टेलिभिजनले सम्मान गर्दछ । महिलाको प्रतिष्ठा र सम्मान कान्तिपुरको आधारभूत प्रतिबद्धताको साथै एजेन्डा पनि हो । त्यसैले यो कार्यक्रमको कन्टेन्ट युट्युबबाट फिर्ता गरिएको छ’ कान्तिपुरले सामाजिक सञ्जालमा उल्लेख गरेको छ ।

k

गत शनिबार प्रसारित कार्यक्रम ‘ह्वाट द फ्लप’ नाबालिग बलात्कारको आरोपमा जिल्ला र उच्च अदालतबाट सफाइ पाएका अभिनेता पल शाहलाई प्रस्तोता सन्दीप क्षेत्री अतिथिको रुपमा बोलाएका थिए । कार्यक्रममा उनले जेल पर्दाको अनुभव सुनाइरहँदा क्षेत्रीले त्यसलाई मजाक बनाउँदै हाँसेका थिए । बलात्कारजस्तो संवेदनशील विषयलाई राष्ट्रिय टेलिभिजनमा मजाकको विषय बनाइएको कार्यक्रम, टेलिभिजन र प्रस्तोताको अहिले व्यापक आलोचना भइरहेको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप