बलात्कारको विषयलाई मजाक बनाएपछि सन्दीपको आलोचना, टेलिभिजनले ‘आवश्यक कारबाही’ गर्ने
काठमाडौँ । नाबालिग बलात्कारको आरोपमा जिल्ला र उच्च अदालतबाट सफाइ पाएका अभिनेता पल शाहलाई कार्यक्रममा निम्ता गरेपछि हास्य कलाकार तथा टेलिभिजन प्रस्तोता सन्दीप क्षेत्रीको व्यापक आलोचना भइरहेको छ । कान्तिपुर टेलिभिजनबाट प्रशारण हुने ‘ह्वाट द फ्लप’ शोमा क्षेत्रीले शाहलाई अतिथिको रूपमा निम्ता गरेका थिए ।
शाहले कार्यक्रममा जेल पर्दाको अनुभव सुनाएका थिए । उनले जेल पर्दाको अनुभव सुनाइरहँदा क्षेत्रीले त्यसलाई मजाक बनाउँदै हाँसेका थिए । बलात्कारजस्तो संवेदनशील विषयलाई राष्ट्रिय टेलिभिजनमा मजाकको विषय बनाइएको भन्दै यतिबेला उनको आलोचना भइरहेको हो । ‘पल शाह र सन्दीपको घिनलाग्दो दृश्य नाबालिग बलात्कार घटनामा मजाक,’ अमृता लम्सालले सामाजिक सञ्जाल ट्वीटरमा लेखेकी छिन् । त्यस्तै, दिनेश काजीले लेख्छन्, ‘एउटा छोरीको बाउ सन्दीप क्षेत्री कसरी यस्तो निर्लज्ज, पतित हुन सक्छ ?...को पीडामा उसको छोरीको अनुहार याद आएन छ ? अझ अट्टहास पो गर्दैछ ।
त्यस्तै, हिम विष्ट लेख्छिन्, ‘सन्दीप क्षेत्री न हिजो सुध्रियो न आज । भोलि पनि यसरी नै गम्भीर विषयलाई उनले हँसिमजाक मै उडानेछन् । सुध्रिन पर्ने त उनी जस्ता असंवेदनशील पात्रहरूलाई ‘लाइमलाइट’ दिने संस्थाहरू हो । आलोचना बढेपछि कान्तिपुरका अध्यक्ष तथा प्रबन्ध निर्देशक कैलाश सिरोहियाले ‘यो घटनालाई गम्भीर रूपमा लिएको र आवश्यक कारबाही गरिने बताएका छन् । स्मरण रहोस्, केही दिनअघि यही प्रकरणमा पीडित रहेकी गायिकाले एक कार्यक्रममा आफूलाई समाजले अझै प्रताडित गरिरहेको बताउँदै अर्को जन्ममा ‘छोरी भएर जन्मन नपरोस्’ भन्दै भक्कानिएकी थिइन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
२ प्रतिक्रिया
भर्खरै
-
प्रथम मेयर कप फुटबल प्रतियोगिताको उपाधि सुर्खेतलाई
-
विदेश पठाउने नाममा २९ लाख ठगी गर्ने दुई जना पक्राउ
-
सचिव पुष्कर नियन्त्रण प्रकरण: प्रहरीले थमाएको थियो जरुरी पक्राउ पुर्जी
-
सशस्त्रका ७ डिआइजीको सरुवा, ७ जनाको पदस्थापन
-
१२ बजे १२ समाचार: यस्ता छन् आजका प्रमुख समाचार
-
दिल्लीको उच्चस्तरीय भेटघाट सकेर लखनउ पुगे रवि लामिछाने, विमानस्थलमा उत्तर प्रदेशका उपमुख्यमन्त्रीले गरे स्वागत
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण