सरकारी अनुदानको मल सहकारी अध्यक्षको ससुरालीमा
मङ्गलबार, ०२ साउन २०८०, १७ : ३९
बुटवल । कपिलवस्तुमा सरकारले अनुदानमा दिने गरेको रासायनिक मल सहकारीका अध्यक्षको ससुरालीको घरमा फेला परेपछि प्रहरीले अनुसन्धान सुरु गरेको छ ।
कपिलवस्तुको शुद्धोदन गाउँपालिका–३ लवनीमा रहेको ओम कृषि सहकारीका अध्यक्ष भगिरथी यादवले शुद्धोधन–६ मा रहेको ससुराली बनारसी यादवको घरमा ५४ बोरा रासायनिक मल लगेर राखेका थिए । उक्त मल कृषि सामग्री केन्द्र तौलिहवाबाट ल्याइएको थियो ।
प्रहरी निरीक्षक शिव क्षेत्रीले मल जिल्ला प्रहरी कार्यालयमा मल राखिएको र उनको कागजपत्र अध्ययन हुँदै गरेको रातोपाटीलाई बताए ।
सहकारीका अध्यक्षले यादवले पानी परेपछि सुरक्षाको लागि गोदाम नभएर ससुराको घरमा लैजानु परेको बताएका छन् । यता किसानलाई दिने मल ससुरालीमा राखेर महँगोमा विक्री गर्ने नियत राखेको स्थानीयको आंशका रहेको छ।अहिले कपिलवस्तुमा किसानले मल नपाएर हैरानी पाएका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
भारत भ्रमणमा रहेका रवि लामिछाने र अमेरिकी राजदूत गोरबीच भेटवार्ता
-
सुरक्षाको माग गर्दै छिन्नमस्ता गाउँपालिकाका कर्मचारीले बुझाए प्रमुख जिल्ला अधिकारीलाई ध्यानाकर्षण पत्र
-
कांग्रेसमा क्रियाशील सदस्यताको डिजिटल अद्यावधिक गर्ने म्याद जेठ २८ सम्म थप
-
१०५ सदस्यीय प्रतिनिधिसभा बनाउन आयोगको सुझाव
-
सिमेक्स इंकको प्रष्टीकरण– नियमित तालिका अनुसार सवारी ल्याएका हौँ, अनुचित लाभ लिएका छैनौँ
-
करिब ७ घण्टा सोधपुछपछि सचिव कृष्णहरि पुष्कर छुटे
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण