सतिसाल
यो निष्पट्ट अँध्यारोमा
झनै कालो चन्द्रमा
यी कुरुप धारिला फूलहरू
यो प्राण मरेको हावा र
यो निर्जीव बगिरहेको पानी
किन यो भीरको फेद टुप्पो छैन ?
किन म खसेर सकिनँ ?
किन छ यो यति विघ्न अत्यासलाग्दो ?
यी अशान्तिका चार खुट्टामा
यो छटपटीको बिस्तारा
तिमी आसपास नहुँदा
छटपटिएर अत्तालिएछु यस्तरी कि
उछिट्टिई झरेछन् मेरा मुटुका
केही बिट धड्कनहरू
र, तिनलाई आफ्नै पैतालाले
आफै कुल्ची हिँड्दो रहेछु
अहो, कस्तो भयानक चेतना
खै, तिमी कहाँ छौ ?
किन तिमी देखिन्नौ ?
किन तिमी हरायो ?
तिमीबिना मैले देख्ने सपना त
यति कहालीलाग्दो छ प्रिय,
नसोध तिमीबिनाको बिपना
कस्तो हुँदो हो भनेर ।
युगौँ युगको कथा कहानी त
कसलाई अनुभव छ र यहाँ
तिमी मेरो हृदयमा
सय साल बाँचिरहने
अर्को सय साल सम्झिरहने
सतिसाल हौ माया
तिमी सतिसाल हौ ।
खोटाङ
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
‘संस्थापन इतरका नेता-कार्यकर्ता 'लास र दास' होइनन्, काँग्रेसका असली भरोसा हुन्’
-
दुई विमानस्थलमा ५० प्रतिशत छुट दिने सरकारको निर्णय
-
मन्त्रिपरिषद् बैठकका ६ निर्णयहरू सार्वजनिक
-
नयाँ पार्टी निर्माणको प्रक्रियामा लाग्नुपर्छ : मोहनबहादुर बस्नेत
-
बर्ड फ्लु नियन्त्रणतर्फ, साउनयता नयाँ सङ्क्रमण शून्य
-
सरकार र मिटरब्याज पीडितबिचको सम्झौता अनुमोदन, मिटरब्याजसँग सम्बन्धित सबै लिखत अवैध घोषित
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण