इन्जिनियर बन्न चाहनेहरूलाई नेपालमै प्रचुर सम्भावना छ : शृङ्खला खतिवडा
काठमाडौँ । पूर्व मिस नेपाल शृङ्खला खतिवडाले इन्जिनियर बन्न चाहनेहरुलाई नेपालमै प्रचुर सम्भावना रहेको बताएकी छन् । पोखरा विश्वविद्यालयको विज्ञान तथा प्रविधि संकायले काठमाडौँमा ‘इन्जिनियरिङ अध्ययनका अवसर’ सम्बन्धी कार्यक्रममा बोल्दै खतिवडाले सो कुरा बताएकी हुन् ।
आर्किटेक्टसमेत रहेकी खतिवडा हालै मात्र अमेरिकाको हावार्ड विश्वविद्यालयबाट अर्वन प्लानिङमा स्नातकोत्तर गरेर आएकी हुन् । उनले आफ्नो अनुभवका साथै विश्वभर इन्जिनियरिङ अध्ययनको अवस्था, यसबाट प्राप्त हुने अवसर र यस क्षेत्रका चुनौतीको बारेमा बताइन् ।
पोखरा विश्वविद्यालयमा इन्जिनियरिङ अध्ययनका अवसरबारे आयोजना गरिएको सोमबारको कार्यक्रम कक्षा १२ को अध्ययन सकेर बसेका विद्यार्थीको लागि लक्षित थियो । कक्षा १२ को अध्ययन सकेर इन्जिनियरिङ विषय पढ्ने तयारी गरेर बसेका विद्यार्थीलाई उक्त विषयबारे थप जानकारी दिन कार्यक्रम आयोजना गरिएको पोखरा विश्वविद्यालयले जनाएको छ ।
कार्यक्रममा बोल्दै नेपाल इन्जिनियरिङ कलेजका प्रिन्सिपल डा. हरिकृष्ण श्रेष्ठले देशका लागि केही गर्न चाहने र देशमा उत्पन्न विभिन्न समस्याहरू समाधान गर्न चाहनेहरूका लागि इन्जिनियरिङ विषय उत्कृष्ट रहेको बताए । इन्जिनियरिङमा नेपाल र अमेरिकाको पाठ्यक्रम उस्तै उस्तै रहेको उनको भनाई थियो ।
नेपाली विश्वविद्यालयहरूले प्रयोगात्मक विषयमा कम जोड दिने र बजारले मागेको सिप दिन नसेको हुँदा बजारमा काम पाउने गाह्रो भइरहेको अवस्थालाई मध्यनजर गर्दै पोखरा विश्वविद्यालयले पाठ्यक्रमलाई परिष्कृत गर्नुका सार्थै इन्टर्नसिपलाई समेत अनिवार्य गरेको छ । पहिलोपटक पोखरा विश्वविद्यालयले इन्जिनियरिङका सबै विषयका लागि तीन महिने इन्टर्नसिपको व्यवस्था गरेको हो ।
‘हालै मात्र सबै इन्जिनियरिङ कार्यक्रमहरूको पाठ्यक्रमलाई रिभिजन गरेका छौँ । सैद्धान्तिक विषयका साथ साथै प्रयोगात्मक विषयलाई पनि जोड दिएका छौँ,’ विज्ञान तथा प्रविधि संकायका डिन राजेश कुमार ठगुराठीले भने ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
दोस्रो सातामा प्रवेश गरेसँगै ‘रोल नं १’को नयाँ गीत ‘रङ्गिन सपना’ सार्वजनिक
-
कक्रोच जनता पार्टीको प्रदर्शनअघि दिल्लीमा उच्च सुरक्षा सतर्कता
-
बाढी पहिरोका कारण अवरुद्ध छन् यी राजमार्ग
-
एल निनोको ‘अनिश्चित र भयावह’ परिणाम: भारतमा चरम खडेरी र चीनमा बाढीको त्रास
-
ट्राफिक कारबाहीमा एकैदिन २० लाख ८४ हजार राजस्व सङ्कलन
-
धादिङका किसानलाई अफसिजनको सयपत्री फूल निखार्न भ्याइनभ्याइ (तस्बिरहरू)
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण