बालसुधार गृहबाट भागेका १९८ जना सम्पर्कमा आए : प्रहरी

काठमाडौँ । भक्तपुरको सानोठिमीस्थित बाल सुधार गृहबाट भागेका २ सय २१ जना नाबालक बन्दीमध्ये १९८ जना सम्पर्कमा आएका छन् । फरार भएका मध्ये २३ जना सम्पर्कमा आउन बाँकी रहेको उपत्यका प्रहरी कार्यालयका डिआईजी लालमणी आचार्यले रातोपाटीलाई बताए ।
झडपको क्रममा भागेकाहरुलाई प्रहरीले कोटेश्वर, बानेश्वर र सातदोबाटो क्षेत्रबाट पक्राउ गरेको छ । केही नाबालक बन्दीहरुलाई परिवारले नै सम्पर्कमा ल्याइदिएको डिआईजी आचार्यले जानकारी दिए । बालसुधार गृहमा ‘नाबालक बन्दी’को कमल बस्नेतको मृत्यु भएको घटनाको विषयमा प्रदर्शन हुँदा झडप भएको थियो । रामेछापको मन्थली नगरपालिका घर भएका १८ वर्षीय बस्नेतको आइतबार बिहान मृत्यु भएको हो ।
झडपमा परेर १८ जना सुरक्षाकर्मी र १२ जना नाबालक बन्दी घाइते भएका छन् । उनीहरुको उपचार हुँदै छ । बालसुधार गृहमा रहेका २९६ जना नाबालक बन्दीहरु मध्ये ४२ जना बालिका थिए । तीमध्ये ३३ जना बालक र ४२ जना बालिका सहित ७५ जना भागेका थिएनन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
जलविद्युत् आयोजनाका कारण तातोपानी कुण्ड सङ्कटमा
-
पश्चिम नवलपरासीमा श्रावणी महामहोत्सवको तयारी सुरु
-
ज्योति भण्डारीलाई प्रहरीले कम्बोडियाबाट ल्यायो काठमाडौँ
-
१० बजे १० समाचार : अदालतबाट राजुलाई राहत, कुलिङ पिरियडले किचलो
-
११ महिनामा बागमती सरकारको बजेट कार्यान्वयन ५० प्रतिशत पनि पुगेन
-
विपद् व्यवस्थापनमा खटिन नेविसंघको निर्देशन