बालसुधार गृहबाट भागेका १९८ जना सम्पर्कमा आए : प्रहरी
काठमाडौँ । भक्तपुरको सानोठिमीस्थित बाल सुधार गृहबाट भागेका २ सय २१ जना नाबालक बन्दीमध्ये १९८ जना सम्पर्कमा आएका छन् । फरार भएका मध्ये २३ जना सम्पर्कमा आउन बाँकी रहेको उपत्यका प्रहरी कार्यालयका डिआईजी लालमणी आचार्यले रातोपाटीलाई बताए ।
झडपको क्रममा भागेकाहरुलाई प्रहरीले कोटेश्वर, बानेश्वर र सातदोबाटो क्षेत्रबाट पक्राउ गरेको छ । केही नाबालक बन्दीहरुलाई परिवारले नै सम्पर्कमा ल्याइदिएको डिआईजी आचार्यले जानकारी दिए । बालसुधार गृहमा ‘नाबालक बन्दी’को कमल बस्नेतको मृत्यु भएको घटनाको विषयमा प्रदर्शन हुँदा झडप भएको थियो । रामेछापको मन्थली नगरपालिका घर भएका १८ वर्षीय बस्नेतको आइतबार बिहान मृत्यु भएको हो ।
झडपमा परेर १८ जना सुरक्षाकर्मी र १२ जना नाबालक बन्दी घाइते भएका छन् । उनीहरुको उपचार हुँदै छ । बालसुधार गृहमा रहेका २९६ जना नाबालक बन्दीहरु मध्ये ४२ जना बालिका थिए । तीमध्ये ३३ जना बालक र ४२ जना बालिका सहित ७५ जना भागेका थिएनन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
इजरायल–लेबनानबिचको युद्धविराम हिजबुल्लाहद्वारा अस्वीकार
-
जलवायु र प्रकृतिमैत्री विकासलाई प्राथमिकता दिन मन्त्री चौधरीको आह्वान
-
मानवअधिकार आयोगको प्रतिवेदनविरुद्ध एमाले अदालत जाने
-
परराष्ट्रमन्त्री शिशिर खनाल भारत प्रस्थान
-
दुग्धजन्य पदार्थ बिक्रीबाट ६ करोड सङ्कलन
-
१४ सय दर्शकले हेरे उत्कृष्ट घोषित ६ चिनियाँ फिल्म
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण