झडपमा इन्स्पेक्टरसहित १८ सुरक्षाकर्मी र १२ जना ‘नाबालक बन्दी’ घाइते

काठमाडौँ । भक्तपुरको सानोठिमीस्थित बालसुधार गृहमा नाबालक बन्दीको मृत्युको विषयमा झडप हुँदा प्रहरीका इन्स्पेक्टरसहित १८ जना सुरक्षाकर्मी घाइते भएका छन् ।
प्रहरी वृत्त ठिमीमा कार्यरत इन्स्पेक्टर सञ्जिव ओलीसहित १० प्रहरी घाइते भएका हुन् । यस्तै सशस्त्र प्रहरीका ८ जना प्रहरी कर्मचारी घाइते भएका छन् ।
झडपमा १२ जना नाबालक बन्दी घाइते भएको उपत्यका प्रहरी कार्यालयका डीआईजी लालमणी आचार्यले रातोपाटीलाई बताए । उनले भने–‘११ जना नाबालक कैदीबन्दीको भक्तपुरस्थित नागरिक सामुदायिक अस्पतालमा र एक जनाको ट्रमा सेन्टरमा उपचार भइरहेको छ ।’
ट्रमा सेन्टरमा उपचार गराइरहेका शंकर घर्तीको अवस्था गम्भीर छ । झडपको क्रममा २२१ जना नाबालकहरु सुरक्षा घेरा तोडेर भागेका थिए । तीमध्ये ८६ जनालाई प्रहरीले बानेश्वर क्षेत्रबाट पक्राउ गरेको छ ।
बालसुधार गृहमा ‘नाबालक बन्दी’को कमल बस्नेतको मृत्यु भएको घटनाको विषयमा प्रदर्शन हुँदा झडप भएको थियो । रामेछापको मन्थली नगरपालिका घर भएका १८ वर्षीय बस्नेतको आइतबार बिहान मृत्यु भएको हो ।
अदालतको आदेशले बस्नेत २०७७ सालदेखी बालसुधार गृहमा थिए । मृतकको शव पोष्टमार्टमका लागि काठमाडौँ मेडिकल कलेजमा पठाइएको जिल्ला प्रहरी परिसर भक्तपुरका डिएसपी बसन्त पाठकले रातोपाटीलाई बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अमेरिकी सांसद बर्नी स्यान्डर्सको आरोपः ‘यो युद्ध नेतन्याहूले सुरु गरेका हुन्’
-
इरान र इजरायलका नागरिकलाई फोनमा नक्कली आपत्कालीन सन्देशहरू प्राप्त
-
‘वर्षायाममा मेलम्चीको पानी काठमाडौँमा नियमित वितरण हुन्छ’
-
ट्रम्पले इजरायल–इरान तनाव घटाउने जी –७ प्रस्तावमा हस्ताक्षर नगर्ने
-
इजरायली आक्रमणमा इरानी राज्य टेलिभिजन निशानामा, सीपीजेद्वारा कडा निन्दा
-
तेहरानमा दुई इरानी लडाकु विमान ध्वस्त, इजरायलमाथि नयाँ क्षेप्यास्त्र हमला सुरु