बिहीबार, २० वैशाख २०८१
ताजा लोकप्रिय

उपाध्यक्ष लामाद्वारा लुम्बिनी क्षेत्रको निरीक्षण

शुक्रबार, ०८ भदौ २०८०, १९ : ०३
शुक्रबार, ०८ भदौ २०८०

बुटवल । लुम्बिनी विकास कोषका उपाध्यक्ष डा. ल्हारक्यार लामाले लुम्बिनी क्षेत्रको निरीक्षण गरेका छन् । 

उनले बुद्धले २९ वर्ष बिताएको प्राचीन तिलौराकोट दरबार क्षेत्रसहित कपिलवस्तुका बुद्धस्थलहरुको निरीक्षण गरेका हुन ।तिलौराकोट दरबार क्षेत्रको निरीक्षण गर्दै उनले सो क्षेत्रको विकासमा ध्यान दिने बताए ।

लामाले प्राचीन शाक्यहरुको राजधानी कपिलवस्तु निकै महत्त्वपूर्ण स्थल रहेकाले तीर्थालुहरुलाई मध्यनजर गर्दै ध्यान तथा पूजा स्थल, बत्ती बाल्ने स्थान आवश्यक भएको बताए । 

 

  

 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप