डा.सन्दुक रुइत र रीता गुरुङले गरे चुच्चेपाटीमा ‘तिलगंगा सिटी आई सेन्टर’को उद्घाटन
काठमाडौँ । वरिष्ठ नेत्र चिकित्सक डा.सन्दुक रुइत र डा. रीता गुरुङले काठमाडौंको चुच्चेपाटीमा ‘तिलगंगा सिटी आइ सेन्टर’को उद्घाटन गरेका छन् । शनिवार विहान एक समारोहका बीच तिलगंगा आँखा प्रतिष्ठानका कार्यकारी निर्देशक रुइत र प्रमुख कार्यकारी अधिकृत रीता गुरुङले एक समारोहका बीच सिटी आइ सेन्टरको उद्घाटन गर्दै सेवा सुभारम्भ गरेका हुन् ।
उद्घाटनको अवसरमा बोल्दै डा.रुइतले पब्लिक–प्राइभेट पार्टनरसीप मोडेलबाट आँखा उपचार सेवा दिनु समायुनुकूल भएको बताए । यस्तो मोडेलबाट काम गर्न उपयुक्त पात्र पाउन गाह्रो रहेको अवस्थामा सहकार्यका लागि उपयुक्त पात्र भेटेको बताउँदै सो सेन्टरमा तिलगंगा आँखा प्रतिष्ठानका चिकित्सकहरुले सेवा दिने बताए ।
तिलगंगा सिटी आई सेन्टरले व्यवस्थापनको काम गर्ने र तिलगंगाका चिकित्सकहरुले आँखा उपचार गर्ने मोडेलमा सो काम अघि बढ्न लागेको उनले बताए ।
_YEVID4wOI7.jpg)
उनले भने– ‘यस्तो मोडेल नेपालका अरु शहरमा पनि गर्न सकिन्छ । राम्रो मोडेल जहाँ पनि चल्छ त्यसका लागि एकजनाले पहल लिनुपर्छ । अहिलेको जमानामा यस्तो प्रक्रिया नअपनाईकन हामी अगाडि बढ्न सक्दैनौँ । यस्ता मोडेलहरुले गरेर हाम्रा युवाहरुलाई विदेशमा जानबाट केही मात्रामा भएपनि रोक्न सक्छौँ । सक्छौँ भने यस्तो मोडेलहरु सिर्जना गरौँ, सक्दैनौँ भने प्रोत्साहन गरौँ ।’
आँखा स्वास्थ्य सेवाको क्षेत्रमा उत्कृष्ट सेवा एकै ठाउँवाट दिने उद्देश्यले चुच्चेपाटीस्थित दम्पा कम्प्लेक्समा तिलगंगा सिटी आइ सेन्टरले सेवा शुभारम्भ गरेको हो । सार्वजनिक–निजी साझेदारीको अवधारणामा तिलगंगा आँखा अस्पतालका दक्ष तथा ख्याती प्राप्त चिकित्सकको समूहबाट आँखाका सम्पूर्ण उपचार गर्ने सुविधा सहित यो सेन्टर सञ्चालनमा ल्याइएको कार्यक्रममा जानकारी दिइएको छ ।
_g2PQzqM6bp.jpg)
कार्यक्रममा सो सेन्टरले आँखासम्बन्धी विभिन्न जटिलताको निदान र उपचारको लागि विभिन्न सेवाहरू प्रदान गर्ने, आँखा सम्बन्धी उन्नत निदान उपकरणहरुका साथै दक्ष कर्मचारीहरुद्वारा आँखाको जाँच गरिने जानकारी दिइएको छ । यस्तै नियमित आँखा परीक्षणदेखि जटिल शल्यक्रियासम्मका सेवाहरू, मोतिबिन्दुको शल्यक्रिया, जलबिन्दुको उपचार,
कोर्निया र रेटिनाको रोगहरुको उपचार, आँखाको सौन्दर्य सम्बन्धि र अल्छि आँखाको व्यवस्थापन साथै कन्ट्याक्ट लेन्स र भीजन थेरापीको सेवासुविधाहरु पनि दिइने जानकारी दिइएको छ । सो सेन्टरमा तिलगंगा आँखा प्रतिष्ठानका १८ जना नेत्र चिकित्सकहरुले हरेक दिन सेवा दिनेछन् भने दैनिक १५० जना आँखाका बिरामीले सेवा लिन सक्ने जानकारी दिइएको छ ।
_1Wv20l6Oee.jpg)
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
धादिङका किसानलाई अफसिजनको सयपत्री फूल निखार्न भ्याइनभ्याइ (तस्बिरहरू)
-
लामाखेतमा बस्ती संरक्षण योजना निर्माण
-
आर्थिक विधेयकको त्रुटि : घटेको २० पेजमा के-के विषय सच्याइयो ?
-
ध्वनि प्रदूषण गर्ने मोटरसाइकल धमाधम नियन्त्रणमा लिइँदै
-
यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य
-
के एसियाली च्याम्पियन कतार नकआउट चरणमा पुग्न सक्छ ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण