आफ्नै शरीरमा आगो लगाउँदा एक महिला घाइते
बुधबार, १३ भदौ २०८०, २१ : २०
मध्यविन्दु । नवलपरासी (बर्दघाट सुस्तापूर्व) को गैँडाकोटमा एक महिलाले आफ्नै शरीरमा आगो लगाएकी छन् ।
आज दिउँसो करिब ३ बजे चितवन घर भई गैँडाकोट–२ एसपिएम चोक नजिक डेरामा बस्दै आएकी २३ वर्षीया कञ्चन कुमालले शरीरमा आगो लगाएको जिल्ला प्रहरी कार्यालय नवलपरासी (बर्दघाट सुस्तापूर्व) का प्रहरी नायब उपरीक्षक बेदबहादुर पौडेलले बताए ।
श्रीमानसँग सामान्य झै–झगडा हुँदा आफ्नै कोठामा भित्रबाट चुकुल लगाई शरीरमा पेट्रोल छर्की आगो लगाई घाइते भएको पौडेलले बताए । उनको अनुहारलगायत शरीरको माथिल्लो भाग जलेको प्रहरीले जनाएको छ । घाइते कुमालको भरतपुर अस्पतालमा उपचार भइरहेको छ । प्रहरीले घटनाका विषयमा अनुसन्धान गरिरहेको प्रहरी नायब उपरीक्षक पौडेलले बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
डिल्लीबजार कारागारबाट भागेका सिबी लामा पक्राउ
-
चिनियाँ अनुदानको पर्खाइमा अलपत्र चक्रपथः कलंकी–बसुन्धरा खण्डमा यात्रुलाई सकस
-
मलेसियाली उपभोक्ताको किनमेलमा एआइको प्रभाव बढ्दो
-
धर्नामा बसेकी विनुसँग महिलामन्त्रीको भेट
-
वरिष्ठ पशु चिकित्सक डा. नवीन उपाध्याय घिमिरेलाई सेवाबाट हटाउने निर्णय
-
निजी शिक्षामा करभन्दा शिक्षा प्रणालीको संरचनामै बहस गर्नुपर्छ : बाबुराम भट्टराई
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण