समाजवादी आन्दोलनको नेतृत्व माओवादीले गर्छ : कार्यवाहक मुख्यमन्त्री शाही
दैलेख। कर्णालीका कार्यवाहक मुख्यमन्त्री एवं भौतिक पूर्वाधार तथा सहरी विकास मन्त्री मंगलबहादुर शाहीले यो देशमा समाजवादी आन्दोलनको नेतृत्व माओवादीले गर्ने बताएका छन्। समाजवादमा जानका लागि र संविधानका लेखिएका कुराहरू कार्यान्वयनमा लैजानका लागि पुनः आन्दोलन चाहिएको उनले बताए ।
शनिवार दैलेखको दुल्लुमा पार्टी रूपान्तरणको अभियान कार्यक्रममा बोल्दै उनले आन्दोलनलाई सफल बनाउन जनताले सहयोग गर्नुपर्ने उनको भनाइ छ । ‘यो देशमा हिजो गणतन्त्र आउँछ भनेर पनि कसैले विश्वास गरेका थिएनन् तर, हामीले ल्याएर छाड्यौँ,’ उनले भने, ‘अब समाजवाद ल्याउन हामी लागिरहेका छौँ।’
गणतन्त्रकै जगमा आएको संघीयताले जनतालाई धेरै अधिकार दिएको शाहीले बताए । यद्यपि यो व्यवस्थामाथि प्रतिक्रियावादीहरुले प्रश्न उठाइरहेका छन्।
‘अहिले नै जति हुनुपर्थ्यो त्यो भएको छैन, त्यसलाई नै हतियार बनाएर व्यवस्थामाथि प्रश्न उठाउने काम भएको छ,’ उनले भने, ‘हामी व्यवस्थालाई बलियो तरिकाले व्यवस्थित बनाएर लागिरहेका छौँ।’
मन्त्री शाहीले संघीयता जुन उद्देश्यका साथ ल्याइएको थियो त्यही उद्देश्यका साथ कार्यान्वयनमा लैजान माओवादीले लागिरहेको उनले बताए । ‘संविधानमा लेखिएका कतिपय कुराहरू अझै कार्यान्वयनमा लिन सकिएको छैन,’ उनले भने, त्यसका लागि हामीले संर्घष गर्नुपर्ने देखिन्छ ।’
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कोरियाली प्रायद्वीपलाई आणविक हतियार मुक्त बनाउन दक्षिण कोरिया र जापानको पुनः प्रतिबद्धता
-
तिनाउ खोलाको बाढीमा फसेका युवकको सकुशल उद्धार
-
इरान र दक्षिण कोरिया नाटकीय ढंगमा समूह चरणबाटै बाहिरिए
-
४ अध्यादेश प्रतिस्थापन विधेयक प्रतिनिधि सभामा पेस
-
गोप्य रिपोर्टिङ बन्दपछि उड्डयन सुरक्षा प्रणाली झन् संवेदनशील
-
दक्षिणकालीमा पिकअप दुर्घटना हुँदा घाइते भएका चालकको मृत्यु
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण