अमेरिकी हवाई आक्रमणको जवाफमा इरानद्वारा बहराइन र कुवेतमा ड्रोन तथा मिसाइल प्रहर
सारांश
- इरानको रिभोलुसनरी गार्ड कप्र्स (आईआरजीसी) ले अमेरिकी हवाई आक्रमणको प्रतिकारस्वरूप बहराइन र कुवेतलाई लक्षित गर्दै ड्रोन तथा मिसाइल आक्रमण गरेको जनाएको छ ।
- कुवेतको सेनाले इरानबाट प्रक्षेपित ड्रोन र मिसाइलहरू खसालेको जनाएको छ भने बहराइनको विदेश मन्त्रालयले इरानको आक्रमणको कडा निन्दा गरेको छ ।
- अमेरिकी नौसेनाको निगरानीमा रहेको निकायले स्ट्रेट अफ होर्मुजनजिक ओमानको समुद्री मार्ग विस्तार गर्ने निर्णय गरेको छ, जसले इरानसँगको तनावलाई थप चर्काउने संकेत दिएको छ ।
दुबई । अमेरिकी हवाई आक्रमणको प्रतिकारस्वरूप इरानको रिभोलुसनरी गार्ड कप्र्स (आईआरजीसी) ले आइतबार बहराइन र कुवेतलाई लक्षित गर्दै ड्रोन तथा मिसाइल आक्रमण गरेको जनाएको छ । साथै, अमेरिकाले सैन्य कारबाही जारी राखेमा युद्ध अन्त्यका लागि भइरहेका वार्ताहरू पूर्ण रूपमा रोक्न सकिने चेतावनी पनि दिएको छ ।
अमेरिकी केन्द्रीय कमाण्ड (सेन्टकम)ले आइतबार बिहान इरानका निगरानी प्रणाली, सञ्चार पूर्वाधार, हवाई प्रतिरक्षा प्रणाली, ड्रोन भण्डारण केन्द्र तथा बारुद बिछ्याउने क्षमतासम्बन्धी संरचनामाथि हवाई आक्रमण गरेको थियो ।
यसको प्रतिकारमा इरानले कुवेत र इरानमाथि आक्रमा गर्यो । कुवेतको सेनाले आफ्नो हवाई प्रतिरक्षा प्रणालीले इरानबाट प्रक्षेपित ड्रोन र मिसाइलहरू खसालेको जनाएको छ । क्षतिको विस्तृत विवरण भने सार्वजनिक गरिएको छैन। कुवेतमा अमेरिकी सेनाको महत्वपूर्ण सैन्य अड्डा छ । बहराइनको विदेश मन्त्रालयले इरानको आक्रमणलाई राज्यको सार्वभौमिकता र नागरिक सुरक्षामाथिको योजनाबद्ध आक्रमण भन्दै कडा निन्दा गरेको छ । बहराइनमा अमेरिकी नौसेनाको फिफ्थ फ्लिटको मुख्यालय रहेको छ ।
इरानी रिभोलुसनरी गार्डले दुवै आक्रमणको जिम्मेवारी लिँदै कुवेतस्थित अल असद एयर बेसलाई निशाना बनाइएको दाबी गरेको छ । ‘यदि युद्धविराम फेरि उल्लंघन गरियो भने चलिरहेका सम्पूर्ण वार्ता र प्रक्रियाहरू पूर्ण रूपमा रोकिनेछ,’ चेतावनी दिँदै आईआरजीसीले भनेको छ ।
यसैबीच, अमेरिकी नौसेनाको निगरानीमा रहेको बहुराष्ट्रिय समुद्री सुरक्षा निकायले स्ट्रेट अफ होर्मुजनजिक ओमानको समुद्री मार्ग विस्तार गर्ने निर्णय गरेको छ, जसले इरानसँगको तनावलाई थप चर्काउने संकेत दिएको छ ।
अमेरिका र इरानबीच भएको अन्तरिम सहमतिअनुसार विश्वको महत्वपूर्ण तेल तथा प्राकृतिक ग्यास आपूर्ति मार्ग मानिने स्ट्रेट अफ होर्मुजमा जहाजहरूको नियमित आवतजावत पुनः सञ्चालन गर्ने सहमति भएको थियो । तर, इरानले उक्त मार्गमा दुई पटक जहाजमाथि आक्रमण गर्दै जलमार्गको नियन्त्रण आफूले गर्नुपर्ने अडान दोहोर्याएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
‘मौरिस हर्जोग’ पदमार्गको हुमखोलामा झोलुङ्गे पुल निर्माण
-
कर्णाली नदीमा झुलुङ्गे पुल बनेपछि आन्तरिक पर्यटकको घुइँचो
-
लुम्बिनीमा बृहत् वृक्षारोपण अभियान सुरु
-
चिकित्सकमाथि अभद्र व्यवहार गर्ने युवक पक्राउ
-
घोडाघोडी सिमसार क्षेत्रमा सूचक प्रजाति हरिहाँसको गणना सुरु
-
कुनै पनि अन्तर्राष्ट्रिय शक्तिप्रति अनावश्यक झुकाव नराख्ने रास्वपाको नीति
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण