एसिया कप : नेपाल–भारत खेलअघि कस्तो छ मौसम ?
एसिया कप क्रिकेटमा सोमबार नेपाल र भारतबीच प्रतिस्पर्धा हुनेछ । खेल श्रीलंकाको केन्डी सहरको पल्लेकल अन्तर्राष्ट्रिय रङ्गशालामा हुनेछ । तर खेलका बेला वर्षा हुने सम्भावना प्रबल छ ।
मौसम पूर्वानुमान महाशाखाका अनुसार सोमबार पनि केन्डीमा पानी पर्ने सम्भावना छ । दिउँसो ३ः३० बजेसम्म ५७ प्रतिशत पानी पर्ने सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । यस्तै ४ः३० बजे ४१, ५ः३० बजे ५५, ६ः३० बजे ३१ प्रतिशत छ ।
यस्तै, राति ९ः३० बजे पानी पर्ने सम्भावना ५९ प्रतिशत छ । त्यसपछि ७२ प्रतिशतसम्म पानी पर्ने सम्भावना रहेको बताइएको छ । यदि वर्षा भयो भने खेल अवरुद्ध हुन सक्छ ।
नेपाल र भारतबीचको खेल दिउँसो सवा तीन बजे सुरु हुँदै छ । यतिबेला मौसम धेरै खराब हुन सक्छ ।
हावाहुरीसहित पानी पर्ने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
केन्डीमा भारत र पाकिस्तानबीचको खेल पनि वर्षाका कारण रद्द भएको थियो ।
The Wait Continues! ⏳
— BCCI (@BCCI) September 2, 2023
The drizzle is back and so are the covers!
Scorecard ▶️ https://t.co/hPVV0wT83S#AsiaCup2023 | #TeamIndia | #INDvPAK pic.twitter.com/resNSyVy7s
यो खेल जित्न भारतले पाकिस्तानलाई २६७ रनको चुनौती दिएको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
विभिन्न प्रदेशमा मेघगर्जनसहित वर्षा, सतर्कता अपनाउन मौसम विभागको आग्रह
-
पनौतीमा आजदेखि हिले–जात्रा (ज्याःपुन्ही)
-
गण्डकी प्रदेश महिला टी–२० क्रिकेट सुरु, स्याङ्जाको विजयी सुरुवात
-
सिरुटार र बालकोटलाई गरियो बालमैत्री स्थानीय शासनयुक्त घोषणा
-
१० बजे १० समाचार : ओलीले पठाए आयोगमा पत्र, रास्वपाको प्रस्तावविरुद्ध आन्दोलनको तयारी
-
अफगानिस्तान केन्द्रबिन्दु भएर ६.२ म्याग्निच्युडको भूकम्प, कश्मीरदेखि दिल्लीसम्म धक्का
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण