सल्यानमा ग्यास चुलो लिक भएर आगलागी हुँदा आमाछोरीको मृत्यु
शनिबार, ३० भदौ २०८०, ११ : ४१
सल्यान । सल्यानमा ग्यास चुलो लिक भएर आगलागी हुँदा एकैघरका आमा र छोरीको मृत्यु भएको छ । जिल्लाको त्रिवेणी गाउँपालिका २ धामिढुंगास्थित शुकबहादुर थापाको घरमा ग्यास चुलोबाट सल्किएको आगलागीमा परि ३२ वर्षीया रेवती थापा र उनकी ९ महिने छोरी ऋतु थापाको ज्यान गएको जिल्ला प्रहरी कार्यालय सल्यानले जनाएको छ ।
हिजो साँझ खाना खाएर सुतेका उनीहरु बिहान अबेरसम्म नउठेपछि स्थानीयले ढोका खोलेर हेर्दा जलेको अवस्थामा फेला पारेका हुन् । ग्यास चुलोको आगोबाट सुति रहेको बिस्तारामा आगो सल्किन गई जलेर उनीहरुको मृत्यु भएको स्थानीयको भनाइ उद्धृत गर्दै प्रहरीले जनाएको छ ।
अहिले घटनास्थलमा प्रहरी पुगेको र घटनाबारे अनुसन्धान भैरहेको जिल्ला प्रहरी कार्यालय सल्यानका प्रवक्ता गोपाल श्रेष्ठले बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कोरियाली प्रायद्वीपलाई आणविक हतियार मुक्त बनाउन दक्षिण कोरिया र जापानको पुनः प्रतिबद्धता
-
तिनाउ खोलाको बाढीमा फसेका युवकको सकुशल उद्धार
-
इरान र दक्षिण कोरिया नाटकीय ढंगमा समूह चरणबाटै बाहिरिए
-
४ अध्यादेश प्रतिस्थापन विधेयक प्रतिनिधि सभामा पेस
-
गोप्य रिपोर्टिङ बन्दपछि उड्डयन सुरक्षा प्रणाली झन् संवेदनशील
-
दक्षिणकालीमा पिकअप दुर्घटना हुँदा घाइते भएका चालकको मृत्यु
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण