१३ वर्षीया बालिका बलात्कारको आरोपमा चार जना पक्राउ
सुर्खेत । सुर्खेतमा १३ वर्षीय बालिका बलात्कारको आरोपमा चार जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
पक्राउ पर्नेमा तीन जना १८ वर्ष भन्दा कम उमेरका रहेका छन् भने एक जना १९ वर्षीय रहेका छन् ।
पक्राउ पर्ने सबै जना पञ्चपुरी नगरपालिकाका रहेका छन् ।
जिल्ला प्रहरी कार्यालयका प्रहरी प्रमुख योगेन्द्रसिंह थापाका अनुसार सोही ठाउँकी १३ वर्षीया बालिका रहेकी छन् । उनी बिहीबार साँझ घर नजिकैको अर्को घरमा गरिएको नाचगान कार्यक्रम हेर्नका लागि गएकी थिइन् ।
त्यसैमा मौकामा चार जनाले फरक–फरक स्थानमा लगेर बलात्कार गरेको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ ।
पक्राउ परेकाहरू एउटै गाउँमा हुन् । उनीहरुले योजनाबद्ध रूपमा बलात्कार गरेको हुन सक्ने प्रारम्भिक अनुसन्धानले देखाएको प्रहरीको भनाइ छ ।
बालिकाको प्रदेश अस्पताल सुर्खेतमा स्वास्थ्य परीक्षण गरिएको छ भने पक्राउ परेका चार जनालाई मुद्दा दर्ता गरेर थप अनुसन्धान गर्ने काम भइरहेको प्रहरी प्रमुख थापाले जानकारी दिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
डीआर कङ्गोले रच्यो इतिहास, पहिलोपटक विश्वकपकाे नकआउट चरणमा
-
गोलरहित बराबरीसँगै कोलम्बिया र पोर्चुगल नकआउट चरणमा
-
डीआर कङ्गोका चर्चित फुटबल समर्थकलाई अमेरिकी भिसा अस्वीकृत
-
कङ्गोको पुनरागमन, उज्बेकिस्तानविरुद्ध २–१ को अग्रता
-
नेपालबाट भारततर्फ तस्करी हुँदै गरेको २ किलो अफिमसहित दुई नेपाली र एक भारतीय पक्राउ
-
अमेरिकाले गर्दैछ लगातार दोस्रो दिन पनि इरानमाथि बमबारी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण