एमाले कर्णाली प्रदेश अधिवेशनको तयारी पुरा, तस्बिरमा हेर्नुहोस्
सुर्खेत । नेकपा एमाले कर्णाली प्रदेशको अधिवेशनको तयारी पुरा गरिएको छ । आज दिउँसो १ बजे एमाले अध्यक्ष केपी शर्मा ओलीले उद्घाटन गर्ने अधिवेशनका लागि मञ्च, सजाउनेदेखि सरसफाइ गर्ने कार्यहरू चलिरहेका छन् ।
वीरेन्द्रनगरको सिटी हलमा आयोजना गर्न लागिएको अधिवेशनका लागि सिटी हल भित्र सम्पूर्ण तयारी सम्पन्न गरिएको हो । उद्घाटन सत्रमा करिब पाँच हजारको सहभागिता रहने बताइरहेको एमाले प्रदेश कमिटीले हलभित्र नअट्ने देखिए पनि हलको बाहिर फिल्डमा पनि टेन्ट टाँगेर कुर्सीको व्यवस्थापन गरिएको छ ।
अध्यक्ष केपी ओली काठमाडौँबाट नेपालगन्ज विमानस्थलमा उत्रने छन् । त्यसपछि उनी कोहलपुर रत्नराजमार्ग हुँदै सुर्खेत आउने कार्यतालिका रहेको एमाले प्रदेश अध्यक्ष विनोदकुमार शाहले जानकारी दिए ।
_vhxTW04boi.jpg)
ओलीसँग महासचिव शङ्कर पोखरेल पनि आउनेछन् । कार्यक्रमको स्वभा बढाउनका लागि अध्यक्ष ओलीको फोटोहरू हल बाहिर राखिएको छ । यतिबेला हलमा आइसकेका कार्यकर्ताहरू ओलीको फोटोसँग फोटो खिचिरहेका भेटिन्छन् भने कोही हल बाहिर गफिरहेका छन् ।
_7AEMFJDVWD.jpg)
अधिवेशनका लागि सुरक्षा व्यवस्थालाई कडा पारिएको छ भने एमालेले ४० जना स्वयम् सेवक समेत खटाइरहेको युवा नेता रुद्र शाहीले जानकारी दिए ।
_3G7HOfE0ZN.jpg)
बुधबार र बिहीबार हुने अधिवेशन सकेसम्म सर्वसम्मत तरिकाले सम्पन्न गर्ने प्रयास गरिए पनि नेताहरूको आ–आफ्ना अडानका कारण निर्वाचन हुने सम्भावना प्रबल रहेको नेताहरू बताउँछन् । नेतृत्वको लागि यहाँ यामलाल कँडेलको टिमका गुलाबजंग शाह, गोरख बोगटीको टिमबाट मीनबहादुर शाही र पूर्व सभामुख राजबहादुर शाहीको नाम चर्चामा छ।
_sIGs9GzvHy.jpg)
_SiHKeA3RPj.jpg)
_OMkHfKWtw9.jpg)
_qMfS97unGV.jpg)
_jIkj0jQaY3.jpg)
_PqyHnetQi3.jpg)
_Ez9DzeqGQD.jpg)
_qPV7DbsXYj.jpg)
_TWDecmLEY5.jpg)
_1lsXSYFfHW.jpg)
_jaJ5ikh0fA.jpg)
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पहिलो हाफमा बराबरीमा रोकिए पोर्चुगल र कोलम्बिया, उज्बेकिस्तानले डीआर कङ्गोलाई १–० ले पछि पार्यो
-
पहिलो हाफको समाप्तिमा कोलम्बिया र पोर्चुगल बराबरीमा, कंगोविरुद्ध उज्बेकिस्तानको अग्रता
-
यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर
-
विश्वकपबाट स्कटल्याण्डको बहिर्गमन, प्रशिक्षक स्टिभ क्लार्कद्वारा राजीनामा
-
कस्तो रहला आज तपाईँको दिन ? हेर्नुहोस् राशिफल
-
घानामाथि क्रोएसियाको रोमाञ्चक जित, इङ्गल्याण्ड र क्रोएसियासँगै घाना पनि अन्तिम ३२ मा !
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण