बालक मृत्यु प्रकरणको निष्पक्ष र स्वतन्त्र छानबिनको वातावरण बनाउन प्रतिबद्ध छौँ : उषा बाल वाटिका
सुर्खेत । वीरेन्द्रनगरस्थित उषा बाल वाटिका विद्यालयले आठ वर्षीय बालक मृत्यु प्रकरणको निष्पक्ष र स्वतन्त्र छानबिन गर्नका लागि आवश्यक वातावरण सृजना गर्ने सवालमा प्रतिबद्ध रहेको बताएको छ ।
शनिवार सामाजिक सञ्जालमार्फत एक विज्ञप्ति जारी गर्दै सो विद्यालयले बालक मृत्यु प्रकरणको सत्य तथ्य बाहिर ल्याउनका लागि सम्पूर्ण पीडित परिवार तथा आफन्तजनहरूलाई संयमित भई सहज स्थिति निर्माण गरिदिन समेत आग्रह गरेको छ ।
सोही विद्यालयमा कक्षा २ मा अध्ययनरत सालम पुलामी मगर शनिवार बिहान होस्टेलमा मृत फेला परेका थिए । सो विद्यालयले छात्र पुलामीको अकल्पनीय दुःखद निधनप्रति विद्यालय परिवार अत्यन्तै मर्माहत तथा दुखी बनेको जनाउँदै मृतक बाबुको आत्माको चिर शान्तिको कामना सँगै श्रद्धाञ्जली अर्पण गरेको छ ।
साथै शोकाकुल परिवारमा धैर्य धारण गर्ने शक्ति प्रदान होस् भन्ने कामना समेत गरेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
नवडर्माको नयाँ बानेश्वरबाट सेवा विस्तार
-
जेनजी आन्दोलनमा भागे, ब्राउन सुगरसहित फेरि समातिए
-
समस्याग्रस्त सहकारी गाभ्नका लागि कामपाको सर्त
-
युरोपमा शनिबार १९ करोड ३० लाख मानिस उच्च तापक्रमबाट प्रभावित
-
अष्ट्रेलियाले सामाजिक सञ्जाल प्रतिबन्ध उल्लङ्घन गर्ने प्लेटफर्मलाई दोब्बर जरिवाना लगाउने
-
वैदेशिक रोजगारीको नाममा ठगी गरेको अभियोगमा पक्राउ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण