बालक मृत्यु प्रकरणको निष्पक्ष र स्वतन्त्र छानबिनको वातावरण बनाउन प्रतिबद्ध छौँ : उषा बाल वाटिका

सुर्खेत । वीरेन्द्रनगरस्थित उषा बाल वाटिका विद्यालयले आठ वर्षीय बालक मृत्यु प्रकरणको निष्पक्ष र स्वतन्त्र छानबिन गर्नका लागि आवश्यक वातावरण सृजना गर्ने सवालमा प्रतिबद्ध रहेको बताएको छ ।
शनिवार सामाजिक सञ्जालमार्फत एक विज्ञप्ति जारी गर्दै सो विद्यालयले बालक मृत्यु प्रकरणको सत्य तथ्य बाहिर ल्याउनका लागि सम्पूर्ण पीडित परिवार तथा आफन्तजनहरूलाई संयमित भई सहज स्थिति निर्माण गरिदिन समेत आग्रह गरेको छ ।
सोही विद्यालयमा कक्षा २ मा अध्ययनरत सालम पुलामी मगर शनिवार बिहान होस्टेलमा मृत फेला परेका थिए । सो विद्यालयले छात्र पुलामीको अकल्पनीय दुःखद निधनप्रति विद्यालय परिवार अत्यन्तै मर्माहत तथा दुखी बनेको जनाउँदै मृतक बाबुको आत्माको चिर शान्तिको कामना सँगै श्रद्धाञ्जली अर्पण गरेको छ ।
साथै शोकाकुल परिवारमा धैर्य धारण गर्ने शक्ति प्रदान होस् भन्ने कामना समेत गरेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
शिक्षा मन्त्रालयले रोक्यो कोरियाको एनओसी
-
पूर्वाधारका सबै परियोजना पुनःप्राथमिकीकरण : प्रधानमन्त्री
-
विद्यालय शिक्षा र निजामती सेवासहित ६ विधेयक पास गर्ने सरकारको योजना
-
नीति तथा कार्यक्रमबारे प्रभु साहको टिप्पणी : यो त डायबिटिजको बिरामीलाई मिठाई खुवाएजस्तै हो
-
कुलिङ पिरियडको अवधि र सेवाको उमेर हदमा देखिएको मतान्तरलाई सहमतिबाट टुङ्ग्याउँछौँ : गृहमन्त्री लेखक
-
नीति तथा कार्यक्रममा प्रधानमन्त्रीको जवाफ : व्यवसायको इकोसिस्टम नयाँ नीति (पूर्णपाठ)