प्रथम अञ्जन सिलवाल स्मृति कप फुटबलको उपाधि आयोजक भेट्रान समूहलाई
_K9XAVszyim.jpg)
धादिङ । स्वर्गीय अञ्जन सिलवाल स्मृति प्रतिष्ठानले आयोजना गरेको फुटबल प्रतियोगिताको उपाधि आयोजक भेटेरान समूहले जितेको छ। धादिङको बेनिघाटमा आयोजित प्रथम स्मृति कप फुटबल प्रतियोगितामा गजुरी समाजलाई २–५ गोल अन्तरले भेट्रान समूह विजयी भएको हो ।
उपाधिका लागि फाइनल खेलमा आयोजक भेट्रान समूह र गजुरी समाज गजुरीबीच प्रतिस्पर्धा भएको थियो । विजयी बनेको भेट्रान समूहले नगद ५० हजार, ट्रफी, प्रमाणपत्र र मेडल प्राप्त गरेको छ। उपविजेता बनेको गजुरी समाजले नगद २५ हजार, ट्रफी, प्रमाणपत्र र मेडल प्राप्त गरेको थियो।
त्यस्तै सेमिफाइनलमा पुगेका दुई टिमले नगद ५र५ हजार रुपैयाँ प्राप्त गरे। प्रतियोगिताको उत्कृष्ट खेलाडी रोशन क्षेत्री, उत्कृष्ट गोलरक्षक सरोज तामाङ र सर्वाधिक गोलकर्ता विक्की चाम्लिङ राई घोषित भए। उनीहरूले जनही ३र३ हजार नगद र ट्रफी हात पारे।
प्रतियोगिताको समापन समारोहमा बागमती प्रदेशका मुख्यमन्त्री शालिकग्राम जमरकट्टेल रहेका थिए। उनले खेलाडीहरूलाई ट्रफी तथा प्रमाणपत्र प्रदान गरेका थिए।
धादिङको बेनिघाट रोराङ गाउँपालिका ९ चौकीटारका ३४ वर्षीय सिलवालको मोटरसाइकल दुर्घटनामा परी निधन भएको थियो। उनको सम्झनामा प्रतिष्ठान बनाएर हरेक वर्ष असोजमा फुटबल प्रतियोगिताको आयोजना गर्ने भएको छ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
जुवातास खेलिरहेको अवस्थामा ५ जना पक्राउ
-
चिर्पट प्रहार गरी श्रीमानको हत्या
-
आईसीसी टेस्ट च्याम्पियनसिपको फाइनलका लागि अस्ट्रेलियन टोलीको घोषणा
-
एन्फाको अपिल समितिले उल्टायो पुरानो निर्णय, धीरेन्द्रलाई ‘बी’ डिभिजन खेल्ने अनुमति
-
आध्यात्मिक ज्ञानमार्फत समाज रूपान्तरण सम्भव छ : मुख्यमन्त्री आचार्य
-
प्रधानमन्त्रीसँग अन्तर–संसदीय सम्मेलनका सहभागीको भेट