नवविवाहित युवतीको मृत्यु, हत्या गरिएको माइती पक्षको दाबी
रौतहट । रौतहटको कटहरिया नगरपालिकामा विवाह भएको ६ महिना नपुग्दै एक जना युवतीको शङ्कास्पद मृत्यु भएको छ । माइती पक्षले दाइजोको कारण हत्या गरिएको दाबी गर्दै घटनाको छानबिन गरी कडा कानुनी कारबाही हुनुपर्ने माग गरेका हुन् ।
कटहरिया ३ बडेरवा टोलमा घर भई हाल कटहरिया-५ बजार क्षेत्रमै घर भएका अरमान राय भाटकी श्रीमती २१ वर्षीया सानीया प्रविनको मृत्यु भएको हो । आइतबार दिउँसो आफ्नै घरको कोठामा साडीको पासो बनाई सिलिङ फ्यानमा झुन्डिएको अवस्थामा सानियाको शव भेटिएको प्रहरीले जनाएको छ। घटनाको खबर लगतै ईलाका प्रहरी कार्यालय कटहरिया र ईलाका प्रहरी कार्यालय गरुडाको संयुक्त टोलीले घटनास्थलमा पुगेर मुचुल्का तयार गरी शवलाई पोस्टमार्टमका लागि प्रादेशिक अस्पताल गौरमा पठाएको थियो ।
मृतकको पोस्टमार्टम भएर शव सतगतको लागि मृतक सानियाका आमा भारतको बिहार पूर्वी चम्पारण जिल्ला सुगौली घर भएकी कायमा खातुनले बुझेर लागेको प्रहरीले जनाएको छ।
मृतककी आमा कायमा खातुनका अनुसार सानीयाको विवाह करिब ६ महिना अघिमात्र अरमान राय भाटसँग मुस्लिम परम्परा अनुसार भएको थियो। विवाहपछि ज्वाइँ अरमानले निरन्तर दाइजोको लागी छोरी सानियालाई अनेक प्रकारको शारीरिक तथा मानसिक यातना दिँदै आएको उनको आरोप छ ।
ज्वाइँ तथा उनको परिवारले दिनेगरेको यातना सहन गर्न नसकेकोले उनीहरूले योजनाबद्ध तरिकाले सानियाको हत्या गरी आत्महत्या देखाउन खोजेको कायमाले दाबी गरेकी छिन्। घटनामा संलग्न अरमान सहित सबैलाई पक्राउ गरी कडा कानुनी कारबाही हुनुपर्छ सानियाको माइती पक्षले माग गरेको छ।
माइती पक्षले छोरीको हत्या भएको भन्दै ईलाका प्रहरी कार्यालय गरुडामा जाहेरी दिएको जनाएको छ । ईलाका प्रहरी कार्यालय गरुडाका प्रमुख डीएसपी राजन कार्कीले घटनाको अनुसन्धान भइरहेको र अनुसन्धानपछि मात्र कानुनी प्रक्रिया अगाडी बढाइने बताए।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
छुट्टाछुट्टै सवारी दुर्घटनामा १० जनाको मृत्यु
-
उपेन्द्र यादवको जसपा दल विभाजन सम्बन्धी मुद्दामा सुनुवाइ सकियो
-
गाजामा इजरायली आक्रमण, ८ जनाको मृत्यु
-
परम्परागत नेतृत्वको ‘कम्फर्ट जोन’ र पुराना मानक बदल्न विज्ञहरूको जोड
-
यी ६ सहकारीलाई कार्यालय खाली गर्न महानगरको १५ दिने म्याद
-
कंगोमा विद्रोहीको आक्रमणमा ३० जनाभन्दा बढीको मृत्यु, इबोला नियन्त्रण अभियान प्रभावित
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण