पूर्व–पश्चिम राजमार्ग अन्तर्गतको चोरमारा पुल भाँचिदा यातायात अवरुद्ध
नवलपरासी । पूर्व–पश्चिम राजमार्ग अन्तर्गत पूर्वी नवलपरासीको चोरमारा पुल भाँचिदा नारायणगढ—बुटवल सडक खण्ड अवरुद्ध भएको छ । मध्यबिन्दु नगरपालिका–७ चोरमारा बजारको पश्चिम तर्फ रहेको गिरुबारी पुलको पूर्वतर्फको बायाँ भाग भाँचिदा अहिले पूर्व पश्चिम राजमार्गको बुटवल नारायणगढ सडकखण्ड पूर्णरूपमा अवरुद्ध भएको हो ।
लोड गाडी पुलबाट पास हुने क्रममा पुल लच्किएर डेढ फिट तल झरेको प्रहरीले जनाएको छ । पुल भाँचिएपछि पूर्व–पश्चिम हिँडेका सवारी साधन चोरमारा र अरुणखोलामा रोकिएको प्रहरीले जनाएको छ । वीरेन्द्रनगरबाट महेन्द्रनगर तर्फ जाँदै गरेको बा.प्र.०३–००१ ख २१३१ नं.को बस बिग्रेको(पट्टा भाँचिएको) कारण दिउँसो राजमार्ग एकतर्फी भएको थियो ।
म.प्र.०३–००१ क ३१६३ नं.को (१८ चक्के टेलर) क्लिंकर र (कच्चा पदार्थ) बोकी होङ्सी सिमेन्ट कम्पनीबाट वीरगन्जतर्फ जाँदै गरेको टेलर लगायत अन्य सवारी साधनहरू होल्ड हुँदा सवारी साधनहरूको लोडको कारण गिरुवारी खोलाको पुलको बिच भाग दबिएको जिल्ला प्रहरी कार्यालय पूर्वी नवलपरासीका प्रहरी प्रमुख यादव ढकालले बताए ।
४ महिना अघि लोड सवारी साधनका कारण पूर्व पश्चिम राजमार्ग अन्तर्गत दुम्किबारमा सोही प्रकृतिको विनयी पुल भाँचिएको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मनसुन अवधिभर विशेष सावधानी अपनाउन प्राधिकरणको आग्रह
-
‘ग्रे लिस्ट’बाट हटाउन सबैको संयुक्त प्रयास आवश्यकः महालेखापरीक्षक राया
-
खैरो हेरोइनसहित दुई महिला पक्राउ
-
बिल बिजक नराख्नेलाई विभागको जरिवाना
-
१२ बजे १२ समाचार: बालेन सरकारको कूटनीतिमाथि विपक्षीको प्रश्न, कोशीमा मुख्यमन्त्री बन्न दौडधुप
-
इरानमाथि पुनः नाकाबन्दी लागू गरेयता ९ जहाजको मार्ग परिवर्तन गराइएको अमेरिकी सेनाको दाबी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण