पनौतीमा बाढीमा बगेकी महिलाको खोजी कार्य जारी
काठमाडौँ । काभ्रेको पनौतीमा आएको बाढीमा बगेर बेपत्ता महिलाको अवस्था अझै अज्ञात छ । सोमबार अपराह्न आएको बाढीमा कुलो पार गर्ने क्रममा पनौती नगरपालिका–५ सुब्बागाउँ घर भएकी २८ वर्षीया रेनुका गिरी बेपत्ता भएकी थिइन् ।
उनको खोजी कार्य जारी रहेको काभ्रेका एसपी कोमल शाहले रातोपाटीलाई बताए । बेपत्ता महिलाको खोजमा सेना, सशस्त्र प्रहरी, नेपाल प्रहरीको विपद् व्यवस्थाको टिम र स्थानीय पनि खटिएका छन् । नदी बगेर जाने सिन्धुलीको एरियामा पनि समन्वय भइरहेको एसपी शाहले जानकारी दिए ।
अचानक परेको पानीसँगै आएको बाढीबाट काभ्रेको रोशी गाउँपालिका स्थित माम्तीमा बीपी राजमार्ग बगाएको छ । दुईतर्फ नै अवरुद्ध भएको सडक खुलाउने प्रयास भइरहेको प्रहरीले जनाएको छ ।
सड्क सुचारु गर्न सड्क विभागको ४ वटा एक्स्काभेटर परिचालन गरिएको छ । २०८१ असोजमा आएको बाढीले पक्की सडक बगाएपछि ह्युमपाइप राखेर रोशी खोलामा गाडी चलाउने प्रबन्ध गरिएको थियो । तर, सोमबारको बाढीले माम्तीमा राखिएको ह्युमपाइप बगाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बागमतीमा कार्यालयहरूको सङ्ख्या २०१ बाट १९१ मा झारियो
-
अन्तर–कलेज बास्केटबल प्रतियोगिताको उपाधि गोल्डेन गेट कलेजलाई
-
गर्मीमा कति दिनसम्म सुरक्षित रहन्छ अन्डा ?
-
युरोपलाई रूसी तेल र ग्यास जरूरी : क्रेमलिन
-
जसाेतसाे सत्ता जाेगाए सुदूरपश्चिमका मुख्यमन्त्री शाहले
-
जसपा नेपाल विभाजन विवाद : सर्वाेच्चले गर्याे उपेन्द्र यादवको पक्षमा फैसला
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण