एन्फाको अपिल समितिले उल्टायो पुरानो निर्णय, धीरेन्द्रलाई ‘बी’ डिभिजन खेल्ने अनुमति
काठमाडौँ । अखिल नेपाल फुटबल संघ (एन्फा) को अपिल समितिले सरस्वती युवा क्लबका खेलाडी धीरेन्द्र बहादुर शाहलाई जारी सहिद स्मारक ‘बी’ डिभिजन लिग खेल्न अनुमति दिएको छ ।
यसअघि एन्फाको प्रतियोगिता समिति र अनुशासन समितिले गरेको निर्णयलाई बदर गर्दै अपिल समितिले धीरेन्द्रलाई प्रतियोगिता खेल्न बाटो खुला गरिदिएको हो ।
अपिल समितिले यसअघि सरस्वती युवा क्लबविरुद्धको खेलमा नयाँ बस्ती युवा क्लबलाई दिइएको नतिजालाई उल्ट्याउँदै उक्त नतिजा सरस्वती क्लबको पक्षमा जाने निर्णय पनि गरेको छ ।
एन्फाको प्रतियोगिता समिति र अनुशासन समितिले गरेको निर्णयबाट आफू र आफ्ना खेलाडीमाथि अन्याय भएको भन्दै सरस्वती युवा क्लबले अपिल समितिमा पुनरावेदन गरेको थियो ।
सरस्वती युवा क्लबले आफू र आफ्ना खेलाडीमाथि एन्फाले अन्याय गरेको आरोप लगाउँदै केही समयअघि पत्रकार सम्मेलन पनि गरेको थियो । एन्फाको निर्णयबाट आफ्ना खेलाडी धीरेन्द्रको खेलजीवन नै संकटमा परेको आरोप पनि सरस्वती क्लबले लगाएको थियो ।
सरस्वती युवा क्लबले रिलिज पत्रबिना नै धीरेन्द्रलाई नयाँ बस्ती युथ क्लबविरुद्ध मैदान उतारेको भन्दै सरस्वतीको तीन अंक खोस्ने निर्णय पनि एन्फाले गरेको थियो । धीरेन्द्रकै निर्णायक गोलमा सरस्वती युवा क्लबले नयाँबस्तीविरुद्धको खेल जितेको थियो ।
उक्त खेलपछि सरस्वती युवा क्लब र उक्त क्लबका खेलाडी धीरेन्द्रविरुद्ध उजुरी परेको थियो । सोही उजुरीका आधारमा छानबिन गर्दा एन्फाको प्रतियोगिता समिति र अनुशासन समितिले सरस्वती क्लब र धीरेन्द्र दोषी देखाएको थियो ।
सरस्वती युवा क्लबले भने आफूहरूले एन्फाले तोकेको सम्पूर्ण प्रक्रिया पुरा गरेर नै धीरेन्द्रलाई २०८१ सालको ‘बी’ डिभिजन लिग खेलाएको दाबी गरेको थियो । सोही विषयमा अहिले आएर एन्फाको अपिल समितिले सरस्वती युवा क्लबको पक्षमा निर्णय सुनाएको हो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
साताको अन्तिम दिन ११.३७ अङ्कले घट्यो सेयर बजार, कारोबार रकम भने बढ्यो
-
बालेन सरकारबाट जनताको आशा र भरोसा पूरा हुन्छ भन्ने विश्वास छैन : कुलमान घिसिङ
-
आयोगले सरकारलाई पठायो निर्वाचन विधेयकको मस्यौदा (पूर्णपाठ)
-
ट्रेड युनियन अधिकार खोसिएको भन्दै बालेन सरकारविरुद्ध जेनेभामा उजुरी गरिने
-
‘बजेटले मनोबल बढाउन खोजेको छ, तर पूर्ण छैन’
-
तराई–मधेसका युवाहरूले सुरु गरे ‘हुँकार मधेस’ अभियान
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण