प्रेस स्वतन्त्रताको नाममा नेपालमा अराजकता बढ्यो: सञ्चारमन्त्री गुरुङ
सुर्खेत । सञ्चार तथा सूचना प्रविधि मन्त्री पृथ्वी सुब्बा गुरुङले नेपालमा प्रेस स्वतन्त्रताको नाममा अराजकता बढेको बताएका छन् । यसलाई नियन्त्रण गर्न वर्तमान सरकार लागिरहेको उनको भनाइ छ ।
‘हाम्रो देशमा प्रेस स्वतन्त्रताको नाममा अराजकता, अनुशासनहिनता बढ्यो,’ मंगलबार वीरेन्द्रनगरमा आयोजित युगआह्वानको रजत जयन्तीमा बोल्दै उनले भने, ‘यसलाई नियमन गर्नैपर्छ, त्यसका लागि आम सञ्चार विधेयक बनाउने तयारीमा छौँ ।’
उनले विधेयकको ड्राफ्ट बन्ने क्रममा रहेको पनि बताए । साथै गुरुङले जातीय सद्भावमा खलल पुर्याउने काम नेपाली मिडियाबाट भइरहेको आरोप लगाए । ‘समाजमा अलि कसैले राम्रो काम गर्यो भने त्यसलाई खेद्ने काम मिडियाबाट भइरहेको छ,’ उनले भने, ‘अझ अनलाइन मिडियालाई व्यवस्थित बनाउनुपर्ने छ ।’
साथै उनले नेपालमा मिडियाको मनपरी चलिरहेको बताए । सामाजिक सञ्जाललाई नियमन गर्ने विधेयक जसरी पनि पास गरिने उनको भनाइ छ । ‘अनलाइनका कारण साइबर क्राइम बढेको छ,’ गुरुङले थप भने, ‘अपराधको सीमा छैन । ४० हजार भन्दा बढी उजुरी छ, त्यसमा फेसबुकका कारण छ । अनि यसलाई नियमन गर्नुपर्छ कि पाइँदैन ? हामी गर्छौँ ।’
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार: यस्ता छन् आजका प्रमुख समाचार
-
मकवानपुरमा राहदानीको अनलाइन फारम इन्ट्री स्थगित
-
‘गडजिल्ला भर्सेस कङ’ अभिनेत्री केली हटलको कार दुर्घटनामा निधन
-
झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न
-
उच्च अदालत सुर्खेत: जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च
-
प्रधानमन्त्री निवास घेराउ गर्न खोज्दा पक्राउ परेका राहुल गान्धी रिहा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण