आईसीसी टेस्ट च्याम्पियनसिपको फाइनलका लागि अस्ट्रेलियन टोलीको घोषणा
काठमाडौँ । आईसीसी वर्ल्ड टेस्ट च्याम्पियनसिपको फाइनलका लागि अस्ट्रेलियन टोलीको घोषणा गरिएको छ । क्रिकेट अस्ट्रेलियाले मंगलबार प्याट कमिन्सको कप्तानीमा १५ सदस्यीय टोलीको घोषणा गरेको हो ।
टोलीमा जस हेजलउड र मिचेल स्टार्कलाई पनि समेटिएको छ । त्यसैले यी दुवै खेलाडी इन्डियन प्रिमियर लिग (आईपीएल) को बाँकी खेलका लागि भारत फर्कने सम्भावना निकै कम देखिन्छ । वर्ल्ड टेस्ट च्याम्पियनसिपको फाइनल खेल जुन ११ तारिखदेखि इङ्ल्यान्डको लर्डसमा सुरु हुनेछ ।
फाइनलमा अस्ट्रेलियाले दक्षिण अफ्रिकाको सामना गर्नेछ । आईपीएलको १८औँ संस्करणमा प्याट कमिन्स सनराइजर्स हैदराबादमा आबद्ध छन् । उनको टोली भने यसअघि नै उपाधि होडबाट बाहिरिइसकेको छ ।
भारत र पाकिस्तानबिच एक–अर्काविरुद्ध सैन्य आक्रमण सुरु भएपछि आईपीएल स्थगित गरिएको थियो । त्यसपछि आईपीएल खेलिरहेका अधिकांश विदेशी खेलाडी स्वदेश फर्किएका थिए । आईपीएलको बाँकी खेल मे १७ तारिखदेखि सुरु हुने बताइएको छ ।
टेस्ट च्याम्पियनसिपको फाइनलका लागि घोषित अस्ट्रेलियन टोलीमा प्याट कमिन्स (कप्तान), स्कट बोल्यान्ड, क्यामरुन ग्रिन, जस हेजलउड, ट्राभिस हेड, जस इङ्लिस, उस्मान ख्वाजा, साम कोस्टस, म्याथ्यू कुहनम्यान, मार्नस लाबुशेन, नाथन लियोन, स्टिव स्मिथ, मिचेल स्टार्क र बीयू वेबस्टर रहेका छन् । ब्रेन्डन डोगेटलाई रिजर्भ खेलाडीका रूपमा टोलीमा स्थान दिइएको छ ।
टेस्ट च्याम्पियनसिपका लागि अस्ट्रेलियन टोलीमा परेकामध्ये प्याट कमिन्स सनराइजर्स हैदराबाद, ट्राभिस हेड हैदराबाद, जस हेजलउड रोयल च्यालेन्जर्स बेंगलुरु, जस इङ्लिस पञ्जाब किङ्स र मिचेल स्टार्क दिल्ली क्यापिटल्सबाट आईपीएल खेलिरहेका छन् ।
क्रिकेट अस्ट्रेलियाले भने आईपीएलको बाँकी खेल खेल्न अस्ट्रेलियन खेलाडी भारत फर्कने वा नफर्कने विषय सम्बन्धित खेलाडीकै निर्णयमा भर पर्ने जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सरकार र मिटरब्याज पीडितबिचको सम्झौता अनुमोदन, मिटरब्याजसँग सम्बन्धित सबै लिखत अवैध घोषित
-
‘मिसेस नेपाल वर्ल्ड’ को आवेदन खुला : विजेताले अमेरिकामा हुने ‘मिसेस वर्ल्ड’ मा नेपालको प्रतिनिधित्व गर्ने
-
गणेश नेपालीको आत्मदाह घटनाको सम्बन्धमा छानबिन गर्न न्यायिक समिति गठन
-
विशेष अदालत र श्रम अदालतको अध्यक्ष नियुक्त
-
२३ औँ एनएसजेएफ पल्सर स्पोर्ट्स अवार्ड भदौ १८ गते काठमाडौँमा हुने
-
शिक्षा र स्वास्थ्य समता शुल्क पूर्ण रूपमा छुट दिने सरकारको निर्णय
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण