बालक मृत्यु प्रकरण : फरार चालक र मोटरसाइकल नियन्त्रणमा

सुर्खेत । शनिवार सुर्खेतको वीरेन्द्रनगरस्थित एरिचोक नजिक बालकलाई ठक्कर दिएको मोटरसाइकल र चालक नियन्त्रणमा लिइएको छ। प्रहरीले गुर्भाकोट नगरपालिका–१४ गुमीका ३१ वर्षीय अर्जुन पुनलाई प्रहरीले नियन्त्रणमा लिएको हो ।
उनको साथबाट कर्णाली प्रदेश ०३–००२ प ९२०३ नम्बरको मोटरसाइकल पनि नियन्त्रणमा लिएको हो ।
उक्त मोटरसाइकलको ठक्करबाट शनिवार आठविस नगरपालिका–६ खिड्कीज्युलका ५ वर्षीय दिग्दर्शन पुरीको मृत्यु भएको थियो। यरिचोक नजिकको गोकुल कटेज नजिकै उक्त मोटरसाइकलले मामाको घरबाट फुपूको घर जाँदै गरेका बालक पुरीलाई ठक्कर दिएको थियो।
ठक्करबाट घाइते भएका बालकलाई उपचारका लागि कर्णाली केयर अस्पताल लगिएको थियो। उनको उपचारका क्रममा मृत्यु भएको थियो।
घटनापछि फरार रहेका चालक र मोटरसाइकललाई शनिवार बेलुका प्रहरीले नियन्त्रणमा लिएको हो।
बालकका आफन्तहरूले पीडकलाई पक्राउ गरी कारबाही गर्नुपर्ने माग गर्दै वीरेन्द्रनगरमा आन्दोलन गरेका थिए। उनीहरुले कर्णाली राजमार्गको दैलेख खण्डमामा पनि सडक अवरुद्ध गरेका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
‘आतङ्कवादी हमला केवल भारत–पाकिस्तानको मुद्दा होइन, सम्पूर्ण दक्षिण एसियाको क्षेत्रीय समस्या हो’
-
नेपालका श्रमिकको जीवनस्तर उकास्न जापानको महत्त्वपूर्ण भूमिका : श्रममन्त्री
-
मधेसमा नयाँ रङ्गशाला निर्माण र पुराना संरचना मर्मत गर्न बजेट विनियोजन गरिने
-
बद्रीनारायण धामलाई धार्मिक पर्यटकीय गन्तव्यका रूपमा विकास गर्छौं : मुख्यमन्त्री लामा
-
१० बजे १० समाचार : एमालेमा गुटगत प्रतिशोधदेखि कांग्रेसमा देउवाको ब्रिफिङसम्म
-
खोटाङको बराहपोखरी गाउँपालिका : ६७ वटा योजना सम्झौता गरिएकामा ४१ वटा योजना सम्पन्न