सोमबार, २९ वैशाख २०८२
ताजा लोकप्रिय

मेडिकल व्यवसायीले विदेश पठाउने नाममा लिएको पैसा फिर्ता नगरेपछि आक्रमण !

एक जना पक्राउ, आक्रमणकारी परिचित
मङ्गलबार, १६ असोज २०८०, १२ : १२
मङ्गलबार, १६ असोज २०८०

काठमाडौँ । काठमाडौँको गौशालास्थित पिंगलास्थानमा सञ्चालित पिके डाइग्नोस्टिक सेन्टरका सञ्चालकलाई परिचित व्यक्तिले नै आक्रमण गरेको खुलेको छ । सोमबार डाइग्नोस्टिक सेन्टरका संचालक साजन हुसेनका भाइ सविरमाथि चक्कु प्रहार भएको थियो । आक्रमणमा संलग्न रौतहट घर भएका सिकिल देव सहनीलाई पक्राउ गरिएको जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी कुमोध ढुंगेलले रातोपाटीलाई बताए ।

पक्राउ गरिएका सिकिल देव सहनी र अर्का एक जना वैदेशिक रोजगारीमा जान भन्दै रौतहटबाट काठमाडौँ आएका थिए ।  मुख्य आरोपी (हाल फरार) र सविरको बिचमा आर्थिक कारोबार थियो । उनीहरू परिचित हुन् ।  विदेश पठाउँछु भनेर सविरले लिएको पैसा डाइग्नोस्टिक सेन्टरमा पुगेर मुख्य आरोपितले मागे । पैसा नदिएपछि सविरमाथि आक्रमण गरेको अनुसन्धानमा संलग्न प्रहरी अधिकृतहरु बताउँछन् ।

घटनास्थलमा कटुवा पेस्तोल र गोली पनि फेला परेको छ । प्रहरीको नियन्त्रणमा रहेका सिकिल देवले आफ्नो पनि पैसा लिनुपर्ने भएकाले मुख्य आरोपीसँगै घटनास्थलमा गएको बयान दिएका छन् । अनुसन्धान अधिकृतहरूका अनुसार आक्रमणकारीसँग सिकिल देवले ४३ हजार लिनुपर्ने बताएका छन् ।

सिकिल देवको पैसा फिर्ता गर्न र आफूले पाउनुपर्ने १ लाखभन्दा बढी रकम लिन मुख्य आरोपित सविरलाई भेट्न गएका हुन् । सविरले ‘वैदेशिक रोजगारीमा पठाउँछु’ भनेर आक्रमणकारीसँग पैसा लिएको तर, फिर्ता नगर्दा आक्रमण गरेको अनुसन्धानबाट खुलेको छ । 

आक्रमणमा संलग्न मुख्य आरोपीतको खोजी भइरहेको एसपी कुमोध ढुंगेलले जानकारी दिए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप