ॐबारे बोले दीनानाथ : भने–हटाउने कुरा सोच्न पनि सकिँदैन
काठमाडौँ । नेकपा माओवादी केन्द्रका सचिव समेत रहेका पूर्वमन्त्री दीनानाथ शर्माले ॐ शब्द शब्दकोशबाट हटाउने कुरा सोच्न पनि नसकिने बताएका छन् । सामाजिक सञ्जालमा ॐ शब्द शब्दकोशबाट हटाउने निर्णय गरेको भन्दै आलोचना भइरहेका बेला उनले त्यसको खण्डन गरेका हुन् ।
‘केही दिनयता सामाजिक सञ्जालहरूमा १२ वर्ष पहिले म शिक्षामन्त्री भएको समयमा ॐ शब्द शब्दकोशबाट हटाउने निर्णय गरेको भन्ने कपोलकल्पित, भ्रामक र तथ्यहीन प्रचारबाजीप्रति मेरो गम्भीर ध्यानाकर्षण भएको छ’, शर्माले मंगलबार जारी गरेको विज्ञप्तिमा भनेका छन्, ‘मेरो कार्यकालमा त्यस प्रकारको कुनै पनि निर्णय भएको थिएन ।’
उनले श्री, ॐ जस्ता शब्द हटाउने कुरा सोच्न पनि नसकिने भन्दै शब्दकोश र किबोर्डबाट नहटेको प्रस्ट पारेका छन् । ‘वैदिककादेखि प्रचलनमा रहेका श्री, ॐ जस्ता शब्द हटाउने कुरा सोच्न पनि नसकिने र शब्दकोश, किबोर्डबाट अहिलेसम्म कतै नहटेको तथ्य प्रष्ट पार्दै भ्रममा नपर्न सबैमा अनुरोध गर्दछु’, पूर्वमन्त्री शर्माको भनाइ छ । उनले संघीयता विरोधी केही अराजक, अतिवादी समूहले देशको विभिन्न भागमा जाति, भाषा, धर्म संस्कृति जस्ता जनताका अत्यन्तै संवेदनशील र भावनात्मक विषयलाई उछालेर जनताको भावना भड्काउँदै व्यक्तिको मानमर्दन गर्ने एवं सामाजिक सद्भाव बिथोल्ने अराजक अतिवादी गतिविधिप्रति सचेत रहन आग्रह गरेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
धादिङका किसानलाई अफसिजनको सयपत्री फूल निखार्न भ्याइनभ्याइ (तस्बिरहरू)
-
लामाखेतमा बस्ती संरक्षण योजना निर्माण
-
आर्थिक विधेयकको त्रुटि : घटेको २० पेजमा के-के विषय सच्याइयो ?
-
ध्वनि प्रदूषण गर्ने मोटरसाइकल धमाधम नियन्त्रणमा लिइँदै
-
यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य
-
के एसियाली च्याम्पियन कतार नकआउट चरणमा पुग्न सक्छ ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण