मङ्गलबार, ०१ जेठ २०८१
ताजा लोकप्रिय

सीमा क्षेत्रमा हुने आर्थिक अपराध नियन्त्रणमा सहकार्य गरिने

मङ्गलबार, २३ असोज २०८०, १३ : २१
मङ्गलबार, २३ असोज २०८०

काठमाडौँ । सशस्त्र प्रहरी बल, नेपाल नं. २ छिन्नमस्ता बाहिनी मुख्यालय बर्दिबास र भारतीय सशस्त्र सीमा बल (एसएसबी) मुजफारपुर, बेतिया र पुर्नियाको सेक्टर हे.क्वा.बीच बाहिनी स्तरीय सीमा समन्वय बैठक सम्पन्न भएको छ । 
बैठकमा सीमा अपराध, सीमामा हुने अबैध गतिविधि नियन्त्रण तथा रोकथाम, साम्प्रदायिक एवं धार्मिक सहिष्णुता कायम राख्नको लागि कुनैपनि किसिमका अवाञ्छित गतिविधि हुन नदिन तथा दशगजा अतिक्रमण हुन नदिन, लागुऔषध ओसारपसार नियन्त्रण, मानब ओसारपसार तथा बेचबिखन नियन्त्रण लगायतका विषयमा छलफल भएको सशस्त्र प्रहरीले जनाएको छ । 

    त्यस्तै दुबै पक्षले अन्य सरोकारवाला संघ संस्थाहरुसँग आवश्यक समन्वय गरी सीमा क्षेत्रमा हुने आर्थिक अपराध नियन्त्रणमा सहकार्य गर्ने प्रतिबबद्धता पनि जनाएका छन् ।  नजिकिदै गरेको चाडपर्वहरुलाई लक्षित गरी सीमावर्ती क्षेत्रमा आवागमन सहज तथा सुरक्षित बनाउनको लागि हेल्प डेस्क स्थापना कार्यलाई समेत प्रभावकारी रुपमा संचालन गर्ने विषयहरुमा छलफल भएको सशस्त्र प्रहरीले जारी गरेको प्रेस नोटमा उल्लेख छ । 
कार्यक्रममा बेतिया सेक्टर हे.क्वा.का डिआइजी सुरेश सुबरमनियम र नं. २ छिन्नमस्ता बाहिनी मुख्यालयका सहायक बाहिनीपति सशस्त्र प्रहरी बरिष्ठ उपरीक्षक माधव प्रसाद पौडेल लगायत प्रदेशस्थित सशस्त्र प्रहरी बल नेपालका इकाई प्रमुखहरुको समेत उपस्थिति रहेको थियो ।

बैठकको नेतृत्व नेपालको तर्फबाट नं. २ छिन्नमस्ता बाहिनी मुख्यालयका बाहिनीपति सशस्त्र प्रहरी नायव महानिरीक्षक दीपेन्द्र शाह र भारतीय तर्फबाट एसएसबीको मुजफारपुर सेक्टर हे.क्वा.का डिआइजी दिपक कुमारले गरेका थिए । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप