मङ्गलबार, ०८ जेठ २०८१
ताजा लोकप्रिय

हाई बीपीलाई कसरी गर्ने नियन्त्रण

सोमबार, २९ असोज २०८०, २० : १७
सोमबार, २९ असोज २०८०

काठमाडौँ । विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ)का अनुसार विश्वभरमा १ अर्ब २८ करोड मानिसहरुमा हाई ब्लड प्रेसर छ । तर यसमध्ये ४६ प्रतिशतलाई आफूमा उच्च रक्तचाप छ भन्ने थाहै छैन । हाइपरटेन्शन कयौं घातक रोगको कारण बन्न सक्छ । तपाईलाई पनि ब्लड प्रेसर छ ? छ भने आजैदेखि प्रेस नियन्त्रित राख्ने प्रयास गर्नुहोस् । 

शरीरमा रक्त संचार अत्यावश्यक छ । यसैमार्फत मुटुले शरीरका हरेक हिस्सामा रगतबाट आवश्यक पोषक तत्त्व र अक्सिजन पुर्‍याउँछ । रक्त सञ्चारका लागि मुटुका धमनीहरू लचिलो अनि स्वस्थबद्र्धक हुन जरुरी छ । तर जीवनशैलीमा आएको परिवर्तनसँगै उच्च रक्तचापको समस्या विश्वभर तीव्र रुपमा बढिरहेको छ । 

उच्च रक्तचापमा यस्तो खालको रोग हो जुन शुरुशुरुमा शरीरमा भए नभएको थाहै हुन्न । यसको कुनै लक्षण नै देखिन्न । तर यसले दिमाग, आँखा, मुटु, मृगौला र धमनीमा गम्भीर असर पुर्‍याउँछ । यसका कारण एक्कासी हृदयघात÷कार्डिक अरेष्ट वा स्ट्रोन हुन सक्छ । यो निकै घातक साबित हुन सक्छन् । 

अधिकांश मानिसलाई आफूमा उच्च रक्तचाप छ भन्ने थाहा नहुने भएकोले हरेक वयस्कले केही महीनाको अन्तरमा ब्लड प्रेसर जाँच गरिरहनु पर्छ भनेर डाक्टरहरुले सुझाव दिने गरेका छन् । ब्लड प्रेसर १३०÷९० छ भने चनाखो रहनुहोस् । ब्लड प्रेसर उच्च भएको अवस्थामा टाउको दुख्ने, रिगँटा लाग्ने, थकान महसुस भइरहने र सास फेर्न अप्ठ्यारो हुने जस्ता समस्या देखिन्छन् । 

उच्च रक्तचाप नियन्त्रण गर्ने तरिका 

१. बीपी चेक 

पहिलो उपाय भनेको ब्लड प्रेसर जाँच नै हहो । बीपी हेर्नु भन्दा एक घण्टा अगाडि गाह्रो खालको व्यायाम, चुरोट, चिया–कफी, रक्सी आदि  सेवन नगर्नु होला । बीपी निकै धेरै छ भने जीवन शैलीमा केही चिज तत्कालै हेरफेर गर्नु पर्छ । 

२. एरोबिक एक्सरसाइजः दिनँहु जसो एरोबिक एक्सरसाइजको बानी बसाल्नुहोस् । हरेक दिन छिटो छिटो हड्निे, दौडिने वा साइक्लिङ गर्ने, स्वीमिङ आदि गर्नु होस् । हिडाईको गति प्रतिघन्टा ६ किमिभन्दा कम हुनु हुन्न । 

३. चिनी र रक्सी धेरै नखाने 

खाना खाँदा नुन चर्को खाने बानी छ भने यसलाई तत्कालै छाड्नुहोस् । यसले ब्लडप्रेसर  झनै बढाउँछ । रक्सी त हातै लाउनु हुन्न । चुरोट सेवन गर्नु हुन्छ भने पनि छाडिदिनुहोस् । तनाव र चिन्ताले पनि बीपीलाई बढाउन सक्छ । 

४. ताजा फल र तरकारी 

नियमित रुपमा आफ्नो भोजनमा पत्तायुक्त तरकारी र ताजा फलफूलको सेवन बढाउनुहोस् । प्रशोधित खाना, प्याकेजको खाना आदिलाई आफ्नो डाइटबाट पूरै निकाल्नुहोस् । 

५.तौल नियन्त्रणः

उच्च रक्तचाप नियन्त्रण गर्नु छ भने तौल पनि नियन्त्रण गर्न जरुरी छ । तौल कम गर्न नियमित रुपमा व्यायाम गर्नुहोस्, पर्याप्त मात्रामा सुत्नुहोस् अनि तनावरहित जीवनयापन जरुरी छ ।  एजेन्सीहरुको सहयोगमा 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप