राष्ट्रिय भिटामिन ए कार्यक्रम स्थगित, अब कात्तिक १७ र १८ गते सञ्चालन हुने
बुधबार, ०१ कात्तिक २०८०, ११ : २६
काठमाडौँ । बालबालिकालाई खुवाउने ‘राष्ट्रिय भिटामिन ए कार्यक्रम’ स्थगित भएको छ । परिवार कल्याण महाशाखा अन्तरगतको खोप शाखाका अनुसार बालबालिकाहरूका लागि हरेक वर्ष राष्ट्रिय भिटामिन ए खुवाउने कार्यक्रमको निर्धारित समय कात्तिक २ र ३ गते दसैँको बेला पर्न गएकोले उक्त कार्यक्रम स्थगित गरिएको हो ।
‘भिटामिन ए कार्यक्रम’ अब यही कात्तिक १७ र १८ गते सञ्चालन हुने महाशाखाले जनाएको छ । भिटामिन ए नजिकैको महिला सामुदायिक स्वास्थ्य स्वयंसेविकामार्फत ६ देखि ५९ महिना उमेरसम्मका बालबालिकाहरूलाई खुवाइनेछ । यस्तै १ वर्षदेखि ५ वर्ष उमेरसम्मका बालबालिकालाई जुकाको औषधी खुवाइने भएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
निजामती कर्मचारी अस्पतालको सेवा अब प्रदेशस्तरमा पनि उपलब्ध
-
कम्बोडियामा ६६ नेपाली सम्पर्कविहीन (नामावलीसहित)
-
परराष्ट्रमन्त्री खनाल स्वदेश फिर्ता
-
ईभी ट्याक्सी चलाएर डेढ लाखसम्म आम्दानी
-
‘नवीकरण गरिएका र नयाँ क्रियाशील सदस्यलाई अद्यावधिककाे नाममा दिइएकाे दबाब अत्यन्त घातक छ’
-
आयोजनाहरूको इन्ट्री धमाधम, मुख्यमन्त्रीकै प्रतिबद्धता लागु भएन
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण