राष्ट्रिय भिटामिन ए कार्यक्रम स्थगित, अब कात्तिक १७ र १८ गते सञ्चालन हुने
बुधबार, ०१ कात्तिक २०८०, ११ : २६
काठमाडौँ । बालबालिकालाई खुवाउने ‘राष्ट्रिय भिटामिन ए कार्यक्रम’ स्थगित भएको छ । परिवार कल्याण महाशाखा अन्तरगतको खोप शाखाका अनुसार बालबालिकाहरूका लागि हरेक वर्ष राष्ट्रिय भिटामिन ए खुवाउने कार्यक्रमको निर्धारित समय कात्तिक २ र ३ गते दसैँको बेला पर्न गएकोले उक्त कार्यक्रम स्थगित गरिएको हो ।
‘भिटामिन ए कार्यक्रम’ अब यही कात्तिक १७ र १८ गते सञ्चालन हुने महाशाखाले जनाएको छ । भिटामिन ए नजिकैको महिला सामुदायिक स्वास्थ्य स्वयंसेविकामार्फत ६ देखि ५९ महिना उमेरसम्मका बालबालिकाहरूलाई खुवाइनेछ । यस्तै १ वर्षदेखि ५ वर्ष उमेरसम्मका बालबालिकालाई जुकाको औषधी खुवाइने भएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
देशको नेतृत्वमा पुगेर केही गर्ने चाहना छ : विप्लव
-
सभापति कपमा संकटाको सहज जित
-
यस्तो छ फिल्म ‘जुना’को गीत ‘आमाको मुहार’
-
१६ गायक–गायिकाले गाए स्वर्गीय तारादेवीका गीत
-
कांग्रेसका सांसद गुरुङको निलम्बन फुकुवा गर्ने निर्णय पुनरावलोकन हुने
-
प्राचीन सम्पदाहरूलाई पर्यटकीय क्षेत्रको रूपमा विकास गरी आर्थिक समृद्धिमा जोड्नुपर्छ : मुख्यमन्त्री लामा