साढे तीन सय उपभोक्ताले प्रयोग गर्दै आएको खानेपानी आयोजना तोडफोड
सुर्खेत। साढे तीन सयभन्दा बढी उपभोक्ताहरूले प्रयोग गर्दै आएको दैलेख चामुण्डाविन्द्रासैनी नगरपालिका- ४, को रोशनीडाडाँ-रुमालदेव-गडाखा लिफ्टिङ्ग खानेपानी योजना अज्ञात व्यक्तिद्वारा तोडफोड गरिएकाे छ।
४ वर्षअघि कर्णाली प्रदेश सरकारले करिब ४० लाख बढी रकमबाट आयोजना निर्माण गरिएको थियो । उक्त योजना सम्पन्न भएपछि खानेपानीको लागि निकै काकाकुल बस्तीका जनताले निरन्तर पानी उपभोग गरिरहेका थिए ।
दसैँको अघिल्लो रात तोडफोड गरी आयोजनाको मुहानमा रहेको सोलार सिस्टमलाई नष्ट गरिएको छ । साथै इन्भर्टर समेत लगिएको स्थानीयले बताएका छन्।
संरचना तोडफोड हुँदा अहिले पूर्ण रूपमा नागरिकहरूमा खानेपानीको हाहाकार भएको स्थानीय काैशिला शाहीले जानकारी दिइन् । 'पानी बन्द हुँदा हामीलाई निकै समस्या भयो, ' उनले भनिन्, ' अहिले एक घण्टाको पैदल हिँडेर पुरानो मुहानमा पानी ल्याउन जानुपर्छ।'
नगरपालिकाका मेयर गणेशकुमार शाही, पूर्व उपमेयर तारा शाही खत्री, वडा अध्यक्ष लगायत सरोकारवालाहरूको रोहबरमा मुचुल्का उठाएर प्रहरीले अनुसन्धान गरिरहेको छ।
उक्त खानेपानीको उपभोक्ता छविलाल खत्रीले लिफ्टिङ खानेपानी योजनाको साेलार सिस्टम सुनियोजित तरिकाले तोडफोड गरिएको बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
समूह ‘एल’ को निर्णायक भिडन्त: नकआउट चरणका लागि क्रोएसियाको अन्तिम कसरत
-
भेनेजुएला भूकम्प: मृतकको सङ्ख्या १,४३० पुग्यो
-
आरोही फुञ्जो बनिन् पर्यटन सद्भावना दूत
-
१२ बजे १२ समाचार: मल खरिदमा चलखेल, चक्रपथ दोस्रो खण्ड विस्तारका लागि सुरु भएन टेन्डर प्रक्रिया
-
थारु जातिको भलमन्सा–बडघर परम्परालाई कानुनी मान्यता
-
स्थानीय उत्पादनको बजारीकरणले मात्रै ग्रामीण अर्थतन्त्र बलियो बन्छ: मुख्यमन्त्री आचार्य
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण