३१ वर्ष कान्छो धर्मपुत्रसँग विवाह गरेपछि रुसी संगीतकारको आलोचना
टारास्टान । रुसमा एक ५३ वर्षीया महिलाले धर्मपुत्रका रूपमा ८ वर्ष पालेका २२ वर्षीय पुरुषसँग विवाह गरेपछि उनको तीव्र आलोचना भएको छ । रिपब्लिक अफ टारास्टानमाकी चर्चित संगीतकार आईसीलू चिजेभ्सकाया मिंगालिमले उनको धर्मपुत्रलाई विवाह गरेपछि विवाद भएका हो ।
आठ वर्षअघि काजानमा रहेको अनाथालयमा संगीत सिकाउँदा उनले १३ वर्षीय डानिललाई भेटेकी थिइन् । उनीजस्तै संगीतमा रुची राख्ने डानिल र आईसीलूले जोडी भएर काम गर्न थाले । डानिलले ‘यू आर सुपर !’ जस्ता रियालिटी शोमा पनि भाग लिए भने चर्चित रुसी गायक फिलिप किरकरोपसँग पनि काम गरे ।
१४ वर्षको उमेरमा आईसीलूले डानिललाई धर्मपुत्रका रूपमा भित्र्याएकी थिइन् । त्यसयता दुवै सँगै बस्दै आएका थिए । तर, गत अक्टोबरमा भने दुईजनाले विवाह गरेको घोषणा गरेपछि धेरै जना चकित बनेका थिए ।
‘हाम्रो विवाह भिन्नै तहमा रहेको छ । हाम्रो परिवारलाई रचनात्मकताले जोडेको छ जसलाई कसैले तोड्न सक्दैन,’ आईसीलूले रुसी पत्रकारहरूसँग भनिन् । मानिसहरूले उनको अवस्थालाई बुझ्न नसकेको उनले जिकिर गरिन् ।
रिपब्लिक अफ टारास्टानमा भने उनको चर्को आलोचना गरिएको छ । उनलाई देशको लागि धब्बा समेत भएको बताइएको छ । अधिकारीहरूले समेत उनले धर्मपुत्र बनाएका अन्य बालबालिकालाई उनीबाट खोसेर काजानका अनाथालयमा पुर्याएका छन् ।
यता आईसीलूले भने उनको र डानिलको सम्बन्ध शारीरिकभन्दा बढी आध्यात्मिक भएको बताएकी छन् । यसलाई धेरैले बुझ्न नसकेकोमा उनले गुनासो गरिन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
‘झन्डै सात हजार कर्मचारीले कार्यालय समय पालना गरेनन्’
-
‘रङ्गमञ्च प्रवेशपछि मभित्रको ‘स्टारडम’ को अहङ्कार मेटियो’
-
कर्णालीका मुख्यमन्त्री भन्छन्—विगतजस्तै बालेन सरकारले पनि बजेटमा कर्णालीलाई उपेक्षा गर्यो
-
होल्डिङ सेन्टरमा रहेका ३६ वर्षीय दर्जीको मृत्यु, कुलमानले भने, ‘राज्यले जिम्मेवारी भुल्यो’
-
‘संगीत व्यावसायिक बन्दैछ, तैपनि कलाकारका दुःख सकिएनन्’
-
पाँचथरमा तीन सडक खण्ड ठप्प : कुन सडकको अवस्था कस्तो छ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण