फिल्म ‘दिमाग खराब’ सेन्सर पास
काठमाडौंँ । फिल्म ‘दिमाग खराब’ सेन्सर पास भएको छ । चलचित्र सेन्सर बोर्डले फिल्मलाई सबैले हेर्न मिल्ने प्रमाण पत्र (युनिभर्सल) दिँदै पास गरेको हो । चलचित्र सेन्सर बोर्डले फिल्मको प्रशंसा गर्दै बिना काटछाट जस्ताको तस्तै पास गरेको निर्माता रौनक बिक्रम कँडेलले बताए ।
उनले सेन्सरको प्रतिक्रियाले आफूहरु उत्साहित रहेको सुनाए । फिल्मको निर्देशन निश्चल बस्नेतले गरेका हुन् । फिल्म ‘लुट’ देखि नै निर्देशक बस्नेतको सेन्सर बोर्डसँग ३६ को आंकडा छ ।
त्यसबेला बोर्डले फिल्मको थुप्रै दृश्य काट्न गायको थियो । त्यसबेला निश्चल बोर्डमाथि खनिएका थिए । दोस्रो फिल्म ‘टलकजंग भर्सेस टुल्के’ र तेस्रो फिल्म ‘लुट २’ मा पनि सेन्सरको कैची चलेको थियो ।
त्यसैले पनि ‘दिमाग खराब’ लाई के गर्छ भन्ने डर थियो । तर, कुनै दृश्य र संवादमा कैँची नचलाई फिल्म पास भएको छ । फिल्म यही शुक्रबार (कात्तिक २४ गते) बाट सार्वजनिक प्रदर्शनमा आउँदैछ ।
खगेन्द्र लामिछाने, स्वस्तिमा खड्का, दयाहाङ राई, अर्पण थापा, विजय बराल, पुष्कर गुरुङ, माओत्से गुरुङ, सुमन कार्की, राजन खतिवडा, गौरभी आरएल सिंह, गीत अधिकारी, कृष्णभक्त महर्जनलगायतको अभिनय रहेको फिल्म रौनक विक्रम कडेलले निर्माण गरेका हुन् । फिल्मका कार्यकारी निर्मातामा सुरजबम ठकुरी रहेका छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
परराष्ट्रमन्त्री खनालको भारत भ्रमणपछि सीमा विवादबारे के भन्छन् भारतीय मिडिया ?
-
रास्वपा जुम्लाको सभापतिमा भण्डारी चयन
-
नेपाल सीमाबाट टीएमसी नेता जहांगीर खान पक्राउ
-
सात वर्षपछि उत्तर कोरियामा पुगे सी जिनपिङ
-
इजरायलका दुई हवाई अड्डालाई निशाना बनाएको इरानको दाबी
-
बादलले बोलाए एमाले पुनर्गठन कार्यदलको पहिलो बैठक
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण