लुम्बिनीमा ‘कथिन चिवर दान’ उत्सव
बुटवल । बुद्धजन्मस्थल लुम्बिनीस्थित राजकीय बुद्ध विहारमा आज ‘कथिन चिवर दान’ उत्सव भएको छ ।
भिक्षुहरूको विनय अनुसार असार पूर्णिमादेखि आश्विन पूर्णिमासम्म तीन महिनासम्म वर्षाबास बसेका उपासक उपासी तथा दाताबाट भिक्षुलाई नयाँ चिवर उपहार स्वरुप प्रदान गरेर कथिन चिवरदान उत्सव गरिएको हो ।
रुपन्देही लुम्बिनी साँस्कृतिक नगरपालिकाकी मिना गुप्ता र कपिलबस्तु तौलिहवाका विजयलक्ष्मी गुप्ताले कथिन चिरवदान गरेका हुन् ।
चिवरदान कार्यक्रममा लुम्बिनी विकास कोषका कोषाध्यक्ष सिद्धिचरण भट्टराईले बुद्धका उपदेशहरुको पालना गर्दै लुम्बिनीमा यस्ता धार्मिक गतिविधिले समुदायलाई जोड्ने काम गरेको बताए ।
‘कथिन चिवर दान’ उत्सवमा विभिन्न बौद्ध विहारका प्रमुख, भिक्षु भिक्षुणी, उपासक, उपासिका, लुम्बिनी विकास कोष, बौद्ध महिला र युवा समिति सहित सरोकारवालाहरुको उपस्थिति थियो ।
कार्यक्रममा लुम्बिनी बौद्ध महिला समितिका अध्यक्ष विष्णु कुमारी बस्याल, सचिव इन्दिरा नेपाल, सल्लाहकार निरु गौतमले मन्तव्य राखेका थिए ।
सोही अवसरमा बुद्ध शिक्षा र बुद्धका उपदेशहरुको अभ्यास र प्रवर्द्धन गरेको भन्दै विभिन्न क्षेत्रका तीन जनालाई सम्मान गरिएको छ । सम्मानित हुनेहरुमा लुम्बिनी विकास कोषका लेखा प्रमुख भिम बस्नेत, वर्षाबास संयोजक माया गुरुङ, विराद गीतका सर्जक चेतराम हरिजन र पर्यटन डिभिजन कार्यालय छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सवारी दुर्घटनामा प्रहरी जवानको मृत्यु
-
दोस्रो सातामा प्रवेश गरेसँगै ‘रोल नं १’को नयाँ गीत ‘रङ्गिन सपना’ सार्वजनिक
-
कक्रोच जनता पार्टीको प्रदर्शनअघि दिल्लीमा उच्च सुरक्षा सतर्कता
-
बाढी पहिरोका कारण अवरुद्ध छन् यी राजमार्ग
-
एल निनोको ‘अनिश्चित र भयावह’ परिणाम: भारतमा चरम खडेरी र चीनमा बाढीको त्रास
-
ट्राफिक कारबाहीमा एकैदिन २० लाख ८४ हजार राजस्व सङ्कलन
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण