बिहीबार, २० वैशाख २०८१
ताजा लोकप्रिय

लुम्बिनीमा ‘कथिन चिवर दान’ उत्सव

सोमबार, २० कात्तिक २०८०, २० : १९
सोमबार, २० कात्तिक २०८०

बुटवल । बुद्धजन्मस्थल लुम्बिनीस्थित राजकीय बुद्ध विहारमा आज ‘कथिन चिवर दान’ उत्सव भएको छ ।

भिक्षुहरूको विनय अनुसार असार पूर्णिमादेखि आश्विन पूर्णिमासम्म तीन महिनासम्म वर्षाबास बसेका उपासक उपासी तथा दाताबाट भिक्षुलाई नयाँ चिवर उपहार स्वरुप प्रदान गरेर कथिन चिवरदान उत्सव गरिएको हो ।

रुपन्देही लुम्बिनी साँस्कृतिक नगरपालिकाकी मिना गुप्ता र कपिलबस्तु तौलिहवाका विजयलक्ष्मी गुप्ताले कथिन चिरवदान गरेका हुन् ।

चिवरदान कार्यक्रममा लुम्बिनी विकास कोषका कोषाध्यक्ष सिद्धिचरण भट्टराईले बुद्धका उपदेशहरुको पालना गर्दै लुम्बिनीमा यस्ता धार्मिक गतिविधिले समुदायलाई जोड्ने काम गरेको बताए ।

‘कथिन चिवर दान’ उत्सवमा विभिन्न बौद्ध विहारका प्रमुख, भिक्षु भिक्षुणी, उपासक, उपासिका, लुम्बिनी विकास कोष, बौद्ध महिला र युवा समिति सहित सरोकारवालाहरुको उपस्थिति थियो ।

कार्यक्रममा लुम्बिनी बौद्ध महिला समितिका अध्यक्ष विष्णु कुमारी बस्याल, सचिव इन्दिरा नेपाल, सल्लाहकार निरु गौतमले मन्तव्य राखेका थिए ।

सोही अवसरमा बुद्ध शिक्षा र बुद्धका उपदेशहरुको अभ्यास र प्रवर्द्धन गरेको भन्दै विभिन्न क्षेत्रका तीन जनालाई सम्मान गरिएको छ । सम्मानित हुनेहरुमा लुम्बिनी विकास कोषका लेखा प्रमुख भिम बस्नेत, वर्षाबास संयोजक माया गुरुङ, विराद गीतका सर्जक चेतराम हरिजन र पर्यटन डिभिजन कार्यालय छन् ।  

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप