आइतबार, १६ वैशाख २०८१
ताजा लोकप्रिय

नेपाल संवतलाई राष्ट्रिय संवतको रूपमा प्रयोग गरौँ : मेयर शाह

मङ्गलबार, २८ कात्तिक २०८०, १३ : ०७
मङ्गलबार, २८ कात्तिक २०८०

काठमाडौँ । काठमाडौँ महानगरपालिकाका प्रमुख बालेन्द्र शाहले नेपाल संवतलाई राष्ट्रिय संवतको रूपमा प्रयोग गर्न आग्रह गरेका छन् । 

मङ्गलवार काठमाडौँमा नेपाल संवत् ११४४ को कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् । उनले काठमाडौँ महानगरपालिकाले पहिल्यैबाट नेपाल संवतको प्रयोग गरिरहेको उल्लेख गर्दै देशभर नै सबैले प्रयोग गर्न आवश्यक रहेको बताए । उनले नेपाल संवतलाई राष्ट्रिय संवतको रूपमा प्रयोग गर्न सरकारले मुख्य भूमिका निभाउनुपर्ने बताए । उनले आगामी वर्षसम्म राष्ट्रिय रूपमा नै प्रयोग हुने विश्वास रहेको बताए ।

उनले भने, ‘नेपाल संवतलाई राष्ट्रिय संवतको रूपमा प्रयोग गर्नुहुन आग्रह छ । काठमाडौँ महानगरपालिकाले त पहिलादेखि नै आफ्ना कागजातहरूमा समावेश गर्दै आएको छ । प्रधानमन्त्रीज्यू पनि यहाँ नै हुनुहुन्छ, राष्ट्रिय रूपमा मनाउन आग्रह छ । अर्को पटक आउँदा राष्ट्रिय रूपमा नै प्रयोग हुनेछ भन्ने विश्वास छ ।’

मेयर शाहले काठमाडौँ महानगरपालिकाले आधिकारिक रूपमा नै नेपाल संवत् प्रयोग गरिरहेको बताए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप