शुक्रबार, २१ वैशाख २०८१
ताजा लोकप्रिय
बाल निबन्ध

सोच बदलौँ अनि बन्छ नेपाल समृद्ध

सोमबार, ०४ मङ्सिर २०८०, १५ : ३३
सोमबार, ०४ मङ्सिर २०८०

आजकल हाम्रो प्यारो देश आर्थिक रूपबाट मात्र नभई हरेक रूपबाट खस्किँदै गइरहेको छ । देशका जनतालाई नेताहरू लुट्छन् । हाम्रो देशका ठुला पदमा रहेका व्यक्तिहरूलाई ख्याक्क खोकी लाग्दा पनि विदेशमा गएर उपचार गर्छन् भने हाम्रो देशको भलो चाहने जनताहरू सिकिस्त बिरामी भएर मृत्युको मुखमा हुँदा पनि उपचार प्राप्त गर्न सक्दैनन् । यो देश हाम्रो भन्ने सिद्धान्त राखी त्यसको पालना गरौँ । मेरो निजी देश हो भन्ने कुरा भ्रष्टाचारी व्यक्तिले मात्र राख्छन् ।

हामी जन्मिँदा पनि केही नलिईकनका आएका थियौँ र मर्दा पनि केही नलिईकन जाने हो भन्ने कुरा भ्रष्टचारीले बुझ्नु पर्छ । नेपाल आमा हामी मरिसकेपछि पनि यहीँ रहने र  कालान्तरसम्म समेत जीवित रहेन भएकाले उहाँको अस्तित्व, मान, मर्यादाका लागि र नयाँ आउने पिढीका लागि भनेर अहोरात्र खटिनु ठिक होइन र ?  यसले यहाँ अहिले नेपाली बिदेसिए झैँ विदेशीहरू नेपाल भित्रिन्छन् । 

हाम्रो देशका कयौँ दाजुभाइ दिदीबहिनी जाँदा आकाशमा आउँदा बाकसमा परेको पाइन्छ । त्यसकै उदाहरण देशकै आर्थिक अवस्था ठिक नभएकाले केही नेपाली सिक्दै कमाउने काममा इजरायल गएका थिए । तर हमासको आक्रमणमा हाम्रा १० जना नेपालीको मृत्यु भएको हामीले सुनेका छौँ । यो देशमा नेतृत्वको कारणले गर्दा भएको हो । मेरो विचारमा राजनीतिका माध्यमबाट गरिने भ्रष्टचारलाई मात्र भ्रष्टाचारी भन्न मिल्दैन, सीमित जनता जसले उनीहरूको साथ दिन्छन् र केही कुरा गैरकानुनी रूपबाट भित्राउँछन् । त्यो व्यक्तिलाई पनि भ्रष्टाचारी नै भनिन्छ । हामी किन भुल्यौँ कि नेपाल वीर गोर्खालीको देश हो भनी । ती वीरहरूले छातीमा गोली खाई, घरायसी हतियारले युद्ध लडी, आफ्नो रगत बगाई बचाएको हो देशलाई भनी । मैले अहिलेसम्म लेखेका कुराले भष्टचारी व्यक्तिहरूको मनमा प्रश्न खडा हुन्छ । तर उनीहरू कति लज्जित छन् भने यसको उत्तर दिन राम्ररी राम्ररी सक्दैनन् ।

देशका नेताहरूमा गरिब होइन, गरिबी हटाऔँ भन्ने सोच हुनु पर्छ । बालेन शाह जस्ता युवा नेताले गर्दा अब देशको विकास हुन्छ । देशका जनताहरू पनि मासु भातको लोभमा मत नदिई राम्रो युवा नेता जसले देशको विकास गर्न सक्छ उसलाई मत दिने हो भने नेपाल पनि विकसित देशको सूचीमा छिट्टै आउँछ ।

समाज सेवामा लागी आफू बाँचुन्जेल गरिब, दीनदुःखी, असहाय र अशक्तको सेवामा जुट्ने हामीले थोरै व्यक्तिलाई पाउँछौँ । तर उनीहरूले त्यो काम देशमा उनीहरूको मूर्ति बन्लान् धेरै पुरस्कार पाउँला भनेर गरेका होइनन् महोदय । यदि सरकारले उनीहरूलाई साँच्चै सम्झनु छ भने उनीहरूको नामबाट विद्यालय खोल्न सक्छ, अस्पताल खोल्न सक्छ । दीनदुःखी, असहाय र अशक्तलाई मद्दत गर्ने केन्द्र खोल्न सक्छ । यी चिजहरू खोल्यो भने सबै देशवासीले उनीहरूलाई सधैँ सम्झन्छन् ।

यदि सबै जनाको सोच देश विकास गर्ने भयो भने विश्वमा अमेरिका प्रसिद्ध भए झैँ हाम्रो देश नेपाललाई प्रसिद्ध बनाउने उद्देश्य हामी राख्नु पर्दछ । सरकारी अफिसमा केही सानो सामान ल्याउँदा पनि व्यापारीसँग मिलेर धेरै बिल बनाएर घुस खाइन्छ । यसो नगर्ने हो भने यसले सरकारलाई मद्दत मात्र नगरी केही रकम भविष्य र देश विकासका लागि बच्छ । यसले गर्दा नेपालीहरूलाई शिक्षा, स्वास्थ्य र आर्थिक रूपबाट सबल बनाउँछ ।

यो देशको भूमिमा जन्मिएर यो देशलाई नेपाल आमा पुकार्ने युवा जनशक्ति नै विदेशिएपछि नेपाल कसरी अघि बढ्छ ? हामी नेपाली भएर विदेशीको नोकर बन्न किन विदेशिन्छौँ ? स्वरोजगारका क्षेत्रमा लागी स्वदेशमै बसी हामी मालिक बनौँ । नेपालमा भएका वनजङ्गल नकाटी त्यहाँ पार्क बनाई विदेशी पर्यटकलाई तानौँ । पानीबाट बिजुली उत्पादन गरी, यसलाई विदेशमा बेचौँ । यस्ता कुरालाई हामी सबैले सोच बदलौँ र सोही अनुरूप आआफ्नो भूमिका निर्वाह गरौँ । अनि नेपाल समृद्ध बन्छ । 

सौरदीप बोर्डिङ स्कुल,

कक्षा ७

वनस्थली, काठमाडौँ

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

सार्थक पौडेल
सार्थक पौडेल
लेखकबाट थप