सूर्यको अध्ययन गर्न पठाइएको आदित्य एल वान ल्यागरेन्ज पोइन्ट नजिक पुग्यो
शनिबार, ०९ मङ्सिर २०८०, १५ : ३०
नयाँ दिल्ली । सूर्यको अध्ययन गर्न पठाइएको भारतको पहिलो अन्तरिक्ष मिशन आदित्य एल वान अन्तिम चरणमा पुगेको छ। यसलाई एल वान बिन्दुमा लैजाने प्रयास जनवरी ७, २०२४ सम्म पूरा हुनेछ।
इसरो प्रमुख एस सोमनाथले यसबारे जानकारी दिँदै भने, ‘आदित्य सही बाटोमा छ र मलाई लाग्छ यो अन्तिम चरणमा पुगेको छ।’ आदित्य एल वान सूर्यको अध्ययन गर्ने पहिलो अन्तरिक्षमा आधारित भारतीय मिसन हो।
अन्तरिक्षयानलाई पृथ्वीबाट करिब १५ लाख किलोमिटर टाढा रहेको सूर्य-पृथ्वी प्रणालीको ल्यागरेन्ज पोइन्ट-१ (एल वान) मा हलो कक्षमा राखिनेछ। ‘आदित्य-एल वान’ अन्तरिक्ष यान २ सेप्टेम्बरमा प्रक्षेपण गरिएको थियो। ल्यागरेन्ज–१ पुगेपछि त्यहाँबाट सूर्यका विभिन्न गतिविधि, आन्तरिक तथा बाह्य वातावरण आदि अध्ययन गर्नेछ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
किन बारम्बार पार्टनरको फोनमा जान्छ नजर ?
-
मन्त्री फेर्ने विषयमा छलफल गर्न कांग्रेस सुदूरपश्चिम संसदीय दलको बैठक जारी
-
सङ्खुवासभामा विपन्न वर्गका १५ जनाको निःशुल्क शल्यक्रिया
-
बाँकेमा हुलाकी सडक विस्तार हुँदै
-
स्पा सेन्टरमा बालिकालाई जबरजस्ती अनैतिक कार्यमा लगाउने सञ्चालिका पक्राउ
-
सिराहामा विद्यार्थीको मोबाइल नष्ट गरिएको घटना कानुनी कि गैरकानुनी ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण