सोमबार, ३१ वैशाख २०८१
ताजा लोकप्रिय

सिटिजन्स बैंकको १८९ औँ शाखा टेकुमा

मङ्गलबार, १२ मङ्सिर २०८०, १२ : २६
मङ्गलबार, १२ मङ्सिर २०८०

काठमाडौँ । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले शाखा विस्तार गर्ने क्रममा आफ्नो १८९औँ शाखा काठमाडौँको टेकुमा सञ्चालनमा ल्याएको छ । यससँगै काठमाडौँ उपत्यका भित्र यस बैंकको ३७ वटा शाखाहरू र  बागमती प्रदेशमा ५१ वटा शाखाहरू सञ्चालनमा रहेका छन् ।
 
टेकुमा आज आयोजित एक कार्यक्रमका बीच बैंक सञ्चालक समितिका अध्यक्ष प्रबल जङ्ग पाण्डेले नयाँ शाखाको शुभारम्भ गरे । कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष पाण्डेले प्रुडेन्ट बैंकिङ्ग र सुशासनमा कुनै सम्झौता नगरी बैंकले काम गर्ने बताए । 

सो अवसरमा बैंक सञ्चालक समितिका सदस्यहरू, प्रमुख कार्यकारी अधिकृत र उच्च व्यवस्थापनको पनि उपस्थिति थियो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप