सार्वजनिक यातायातमा गलत नियतले महिलालाई छुने पुरुषलाई एक दिन जेल
काठमाडौँ । सार्वजनिक यातायातमा गलत नियतले महिलाका अङ्ग छोएको आरोपमा एक पुरुषलाई भारतको एउटा अदालतले एक दिनको जेल सजाय सुनाएको छ ।
मुम्बईको लोकल रेलमा महिलालाई गलत नियतले छोएको आरोपमा अदालतले एक जना पुरुषलाई एक दिनका लागि जेल सजाय तोकेको हो ।
भारतीय सञ्चारमाध्यमका अनुसार उक्त घटना १३ अगस्ट २०१९ मा भएको थियो । स्थानीय समयानुसार बिहान ९ः२४ बजेदेखि ९ः२८ बजेभित्र बान्द्रा रेलवे स्टेशनमा उक्त घटना भएको थियो ।
घटना भएको दिन पीडित महिला आफ्नो भाइसँग चर्चगेट फास्ट लोकल ट्रेनमा यात्रा गर्दै थिइन् । दादर रेलवे स्टेशनमा उत्रिनका लागि ढोका छेउमा उभिएको समयमा आरोपितले ती महिलाको अङ्गमा छोएका थिए । महिलाले विरोध गरेपछि ती पुरुषले माफी मागेको तर केहीबेरमा फेरि उनले त्यस्तै हरकत गरेका थिए ।
त्यसपछि आरोपितलाई ती महिला र उनका भाइले समातेर प्रहरीसमक्ष बुझाएर उजुरी गरेका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
दुर्घटनामा परे हर्क साम्पाङ, स्वास्थ्य अवस्था सामान्य
-
हराएको सिमकार्डबाट मोबाइल बैंकिङ ह्याक, २४ लाख ठगी गर्ने दुई युवक पक्राउ
-
मोदी जलविद्युत्को ठेक्का प्रक्रिया विवादमा, अनुभवको प्रमाणपत्रमा किर्ते गरेको आरोप
-
नेपालगञ्जको तापक्रम ४१ डिग्रीसम्म पुग्नसक्ने : कुन सहरको मौसम कस्तो ?
-
घरेलु हतियारसहित पथरीबाट दुई युवतीसहित १० जना पक्राउ
-
नेपालमा तीन दिनसम्म ‘लु’ को चेतावनी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण