शनिबार, ०५ जेठ २०८१
ताजा लोकप्रिय

सार्वजनिक यातायातमा गलत नियतले महिलालाई छुने पुरुषलाई एक दिन जेल

आइतबार, २४ मङ्सिर २०८०, १० : १५
आइतबार, २४ मङ्सिर २०८०

काठमाडौँ । सार्वजनिक यातायातमा गलत नियतले महिलाका अङ्ग छोएको आरोपमा एक पुरुषलाई भारतको एउटा अदालतले एक दिनको जेल सजाय सुनाएको छ ।

मुम्बईको लोकल रेलमा महिलालाई गलत नियतले छोएको आरोपमा अदालतले एक जना पुरुषलाई एक दिनका लागि जेल सजाय तोकेको हो ।

भारतीय सञ्चारमाध्यमका अनुसार उक्त घटना १३ अगस्ट २०१९ मा भएको थियो । स्थानीय समयानुसार बिहान ९ः२४ बजेदेखि ९ः२८ बजेभित्र बान्द्रा रेलवे स्टेशनमा उक्त घटना भएको थियो ।

घटना भएको दिन पीडित महिला आफ्नो भाइसँग चर्चगेट फास्ट लोकल ट्रेनमा यात्रा गर्दै थिइन् । दादर रेलवे स्टेशनमा उत्रिनका लागि ढोका छेउमा उभिएको समयमा आरोपितले ती महिलाको अङ्गमा छोएका थिए । महिलाले विरोध गरेपछि ती पुरुषले माफी मागेको तर केहीबेरमा फेरि उनले त्यस्तै हरकत गरेका थिए ।

त्यसपछि आरोपितलाई ती महिला र उनका भाइले समातेर प्रहरीसमक्ष बुझाएर उजुरी गरेका थिए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप