शृङ्खलाले दिइन् ‘ब्याचलरेट’ पार्टी
आइतबार, २४ मङ्सिर २०८०, १८ : ३३
काठमाडौँ । पूर्वमिस नेपाल शृङ्खला खतिवडा प्रेमी सम्भव सिरोहियासँग बिहीबार विवाह बन्धनमा बाँधिने तयारीमा छिन् । उनको विवाहको तयारी धमाधम भइरहेको छ ।
यस्तै उनले शनिबार बेलुका ‘ब्याचलरेट’ पार्टी दिएकी छन् । घरमै आयोजना गरिएको पार्टीमा मनोरञ्जन, राजनीति र अन्य क्षेत्रका सीमित व्यक्तिको उपस्थिति थियो । पार्टीको तस्बिर अभिनेता सुरजसिंह ठकुरीले सामाजिक संजालबाट सार्वजनिक गरेका छन् ।
शृङ्खला सेतोगुलाबी रङ मिश्रित लेहेंगामा सजिएकी थिइन् भने सम्भव कालो लङ्कोटमा देखिएका छन् ।
उक्त अवसरमा ब्याचलरेट केक समेत काटिएको थियो । केही दिनअघि शृङ्खलाले पूर्वमिस नेपालहरुसँग नगरकोटको एक रिसोर्टमा ब्याचलरेट पार्टी गरेकी थिइन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
दोस्रो सातामा प्रवेश गरेसँगै ‘रोल नं १’को नयाँ गीत ‘रङ्गिन सपना’ सार्वजनिक
-
कक्रोच जनता पार्टीको प्रदर्शनअघि दिल्लीमा उच्च सुरक्षा सतर्कता
-
बाढी पहिरोका कारण अवरुद्ध छन् यी राजमार्ग
-
एल निनोको ‘अनिश्चित र भयावह’ परिणाम: भारतमा चरम खडेरी र चीनमा बाढीको त्रास
-
ट्राफिक कारबाहीमा एकैदिन २० लाख ८४ हजार राजस्व सङ्कलन
-
धादिङका किसानलाई अफसिजनको सयपत्री फूल निखार्न भ्याइनभ्याइ (तस्बिरहरू)
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण