बुधबार, ०२ जेठ २०८१
ताजा लोकप्रिय

बर्दघाटमा प्रहरी पोष्ट स्थापना

शुक्रबार, २९ मङ्सिर २०८०, २० : ५६
शुक्रबार, २९ मङ्सिर २०८०

नवलपरासी । पश्चिम नवलपरासीको बर्दघाट नगरपालिका–१२ स्थित भटैलियामा अस्थायी प्रहरी पोष्ट स्थापना गरिएको छ ।  उक्त अस्थायी प्रहरी पोष्टमा प्रहरी सहायक निरीक्षकको नेतृत्वमा पाँच जना प्रहरी रहनेछन् । अस्थायी प्रहरी पोष्ट नेपाल रेडक्रस सोसाइटीको जग्गामा निर्माण गरिएको हो । 

बर्दघाट नगरपालिकाको रु चार लाख आर्थिक सहयोगमा प्रहरी पोष्ट निर्माण भएको छ । लागुऔषध, तस्करीलगायत अन्य अपराधको ‘ट्रान्जिट पोइन्ट’को रूपमा रहेको सो क्षेत्रको सुरक्षा चुनौतीलाई मध्यनजर गर्दै पोष्टको स्थापना गरिएको हो । 

बर्दघाट नगरपालिकाका नगरप्रमुख शम्भुलाल श्रेष्ठ, प्रमुख जिल्ला अधिकारी विश्वप्रकाश अर्याल एवम् प्रहरी प्रमुख प्रहरी उपरीक्षक काजीकुमार आचार्यले आज संयुक्त रूपमा प्रहरी पोष्टको उद्घाटन गरे ।

बर्दघाट नगरपालिकाका नगरप्रमुख शम्भुलाल श्रेष्ठले महेशपुर र भुजहवा नाका हुँदै यहाँबाट तस्करीलगायत अन्य अपराधका घटना बढ्दो गएको उल्लेख गर्दै प्रहरी पोष्ट स्थापनापछि शान्ति सुरक्षा कायम हुनेमा विश्वास व्यक्त गरे ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप