सुर्खेत विमानस्थललाई नै बिस्तार गर्नुपर्नेमा कँडेलको जोड
सुर्खेत । लामो समयदेखि बिस्तार गर्ने कि नयाँ विमानस्थल बनाउने भन्ने विषयमा अड्किएको सुर्खेत विमानस्थलको विषय पुनः चर्चामा आएको छ ।
नेपाल सरकारका उपप्रधानमन्त्री तथा रक्षामन्त्री पूर्णबहादुर खड्काले वर्तमान विमानस्थल दीर्घकालीन नहुने बरु नयाँ विमानस्थल बनाइनुपर्ने कुरालाई जोड दिँदै आएका छन् । सोही अनुसार उनकै निर्वाचन क्षेत्र रामघाटमा नयाँ विमानस्थलको गृहकार्य अघि बढिसकेको छ ।
राजधानी भित्रको पुरानो विमानस्थल बिस्तार नै नगरी नयाँ विमानस्थल बनाउने विषय अघि बढ्दा नेताहरूबिच आरोप–प्रत्यारोपको शृङ्खला चलेको छ ।
अहिले भइरहेको विमानस्थल सुर्खेत क्षेत्र नम्बर–२ अन्तर्गत वीरेन्द्रनगरमा पर्दछ भने नयाँ बन्ने भनिएको विमानस्थल भेरीगंगा नगरपालिकामा पर्छ । क्षेत्र नं.२ का सांसद तथा नेताहरूले पुरानो विमानस्थललाई नै बिस्तार गर्नुपर्ने बताइरहेका छन् ।
सोही क्षेत्रमा सांसद एवं कर्णाली प्रदेश संसदीय दलका नेता यामलाल कँडेलले वर्तमान विमानस्थललाई नै बिस्तार गर्नुपर्नेमा जोड दिएका छन् । नेता कँडेललाई तत्कालीन अवस्थामा बिस्तार कार्य अघि बढाउन सहयोग नगरेको आरोप प्रदेश सरकारका त्यो बेलाका मन्त्रीहरू लगाउँछन् । तर, नयाँ विमानस्थल पूर्वी सुर्खेतमा बन्ने भएपछि कँडेल वर्तमान विमानस्थललाई नै बिस्तार गर्नुपर्ने कुरामा फर्किएका छन् ।
स्थानीय बासिन्दालाई मर्का नपर्ने गरी मुआब्जा वितरण गरी वर्तमान विमानस्थललाई थप पूर्वाधारसहित बिस्तार गर्नु अहिलेको प्रमुख आवश्यकता रहेको कँडेल बताउँछन् । उनले भनेका छन्,‘ यही विषयमा सबैले आ–आफ्नो ठाउँबाट खबरदारी गरौँ । नयाँ विमानस्थलबारे छलफल गर्दै जाउँला ।’
कँडेलले यसअघि प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ कै अगाडि पनि वर्तमान विमानस्थललाई नै सुविधा सम्पन्न विमानस्थलका रूपमा विकास गर्नुपर्ने कुरा राखेका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
देशको बदल्न आएको रास्वपालाई महाविधेशन व्यवस्थापन गर्नै धौधौ
-
विद्यालय स्थानीय दिवा खानाको मात्रा बढाउन साझेदारी घोषणा
-
लुम्बिनी विकास कोषका १२ पदमा सात सयभन्दा बढी आवेदन
-
रास्वपाको महाधिवेशन : ९ मन्त्री केन्द्रीय सदस्यको प्रतिस्पर्धामा
-
अष्ट्रेलियामा बर्ड फ्लुको तेस्रो केस पुष्टि, जैविक विविधतामा जोखिम बढ्ने चेतावनी
-
सुर्खेतका ९ स्थानीय तहले ल्याए झण्डै १० अर्बको बजेट
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण